default_image

7 years ago

August 17, 2018

बार्सिलोनाको सफल हुने ३ सुत्र

146 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – सन् २०१८-१९ को ला-लिगा सिजन सुरु हुन अघि बार्सिलोनाले सेभिलालाई पराजित गर्दै स्पेनिस सुपर कपको फाइनल जितेको छ। स्पेनिस माहरथीले यो सिजनको पहिलो उपाधि जितिसकेको छ र यो सिजन आफ्नो नाममा अझै सफलता भित्र्याउन तयार रहेको छ ।

यी हुनसक्छन ३ कारण जसले गर्दा बार्सिलोनाले यो सिजन सफलता प्राप्त गर्न सक्छ :

३) गत सिजनको उत्कृष्ट लय :

लुईस एन्रिकेले टोली छाडेसंगै बार्सिलोनाले अन्तिम सिजन एर्नेस्टो भाल्भार्ड़ेलाई स्वागत गर्यो। भाल्भार्ड़ेको प्रशिक्षणमा टोलीले अन्तिम सिजन २ मुख्य उपाधि जित्न सफल रह्यो। लेभान्टेसंग खेल हार्नु अघि बार्सिलोनाले सिजनमा ३६ खेल जितेको थियो। टोलीले गत सिजन ला-लिग र कोपा डेल रेको उपाधि आफ्नो नाम गरेको थियो भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म को यात्रा तय गरेको थियो।

यो सिजन आफ्नो ला-लिगा र कोपा डेल रेको उपाधि रक्षा गर्ने दाउमा रहने छ। बार्सिलोनाको सबैभन्दा ठुलो प्रतिद्वन्द्वी रियल म्याड्रिडनै हो र यसपटक भने स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियल छाडेसंगै बार्सिलोनाले ला-लिगा जितको सपना देखिसकेको छ।

२) उत्कृष्ट खेलाडीहरुको टोलीमा आगमन :

१६ बर्षको समयमा बार्सिलोना आन्द्रे इनिएस्टा बिना नै खेल्नेछ। अर्को हातमा भने बार्सिलोनाले धेरै उत्कृष्ट नयाँ खेलाडीहरुलाई टोलीमा भित्र्याएको छ।

इनिएस्टा जस्ता महान् खेलाडीलाई प्रतिस्थापन गर्न धेरै गाह्रो भएपनि आर्थर र आर्टुरो भिडालजस्ता खेलाडीलाई टोलीमा बार्सिलोनाले भित्र्याएको छ। बार्सिलोनाले अहिलेसम्म ४ जना खेलाडीलाई टोलीमा भित्र्याएको छ। आर्थर, भिडाल, मेलो र माल्कम अहिलेसम्म स्टार टोलीको हिस्सा बनिसकेका छन्।

१) खतरनाक अट्याक :

बार्सिलोनाले लियोनल मेस्सीलाई नयाँ कप्तान नियुक्त गरेसंगै मेस्सीको काँधमा थप जिम्मेवारी बढेको छ। विश्वकै उत्कृष्ट खेलाडीसंगै बार्सिलोनाको अट्याक धेरै खतरनाक बन्न सक्छ। नेईमारले टोलि छाडेपनि अन्तिम सिजन बार्सिलोनाले डेम्बेले र कौटिन्होलाई टोलीमा लिएको थियो।

ला-लिगा च्याम्पियन टोलीले पछिल्लो सिजन १४१ गोल गरेको थियो। त्यसमध्ये लियोनल मेस्सी सबै प्रतियोगितामा रहेर ४५ गोल सहित सर्वाधिक गो कर्ता बनेका थिए। यदि बार्सिलोनाका अट्याकिंग खेलाडीहरुले आफ्नो लय पकड्ने हो भने टोलिलाई रोक्न बिपक्षिलाई धेरै गाह्रो हुनेछ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.