7 years ago
August 17, 2018
(एजेन्सी) – बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकुले २०२० को युरोकपपछि सन्यास लिने योजना बनाएका छन् ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा बेल्जियमका स्ट्राइकार लुकाकुले एक टिभीसँगको अन्र्तवार्ताका क्रममा २०२० को युरोकपपछि सन्यास लिने योजना बनाएको र २०२२ को कतार विश्वकपमा उपलब्ध नहुने बताएका छन् । ‘युरोकपपछि मैले सन्यास लिने घोषणा गरेको छु । अहिले म २५ वर्षको छु । चारवर्षपछि कतारमा हुने विश्वकपमा म उपलब्ध हुनेछैन ।’ अन्र्तवार्तामा क्रममा लुकाकुले भने, ‘म सधै यही फर्ममा हुनेछैन । नयाँ युवा प्रतिभाहरुलाई पनि मौका दिनु पर्दछ । उनीहरु मेरो स्थान लिन लालयित छन् । म उनीहरुलाई रोक्न चाहन्न । जतिबेला उनीहरु मेरो स्थान लिन सक्षम हुनेछन् । त्यसैले मैले दुईपछि सन्यास लिने योजना बनाएको हु ।’
लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन् । उनले बेल्जियमको राष्ट्रिय टिमबाट ७५ खेलमा ४० गोल गर्न सफल भएका छन् । रसिया विश्वकपमा बेल्जियमलाई सेमिफाइनलसम्म पु¥याउन लुकाकुले उच्च प्रदर्शन गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]