7 years ago
August 17, 2018
म्याड्रिड (एजेन्सी) – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थान ग्यारेथ बेलले लिन नसक्दा रियल मड्रिडका अर्का स्टार खेलाडी इस्कोले चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो स्थानिय प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडसँग युइएफए सुपर कपमा ४–२ ले पराजित भएसँगै यस्तो अभिव्यक्ती दिएका हुन् ।

यसै हप्ता मात्र रियल एट्लेटिको मड्रिडसँग युइएफए सुपर कपमा पराजित भएको थियो । करीम बेन्जेमा र सर्जिओ रामोसको प्रदर्शन प्रति सन्तुष्ट रहेका इस्को बेलको प्रदर्शन प्रति भने चिन्तीत रहेको खुलासा भएको छ । बेललाई टिममा एक स्टार खेलाडीको रुपमा चुनेका थिए । जहाँ आफ्नो स्थानिय चिरपरचित प्रतिद्धन्दीसँगको खेलमा राम्रो प्रदर्शन गर्ने आशा गरिएको थियो ।
बेलले पुरा १२० मिनेटको खेल खेले र बेन्जेमाका लागि पहिगो पास मिलाएका थिए । तर, उनी आफुले भने गोल गर्न सकेनन् । रियलका नवनियुक्त प्रशिक्षक जुलेन लोपेटेगुइले रोनाल्डोको स्थान बेलले लिनेमा विश्वस्त रहेका थिए । यसै सिजन रोनाल्डो १२२ मिलियन युरोमा युभेन्ट्स पुगेका थिए । डन बालोनका अनुसार रियलमा उच्च पदाधिकारी र खेलाडी चिन्तीत छन् की बेल रोनाल्डोको स्थानमा पुग्न धेरै टाढा छन् ।
रियल प्रशिक्षक लोपेटेगुइले यस सिजनका लागी २९ बर्षीय बेलको तयारीलाई पोत्साहित गरेको थियो । रियल बोसले भने, ‘उनी राम्रो खेल्छन् । तर, यस सिजनको यस खेलमा उनले राम्रो खेल्न सकेनन् । हामी उनको प्रदर्शन प्रति खुसी छौ र आशा छ की उनले यसै खेलबाट आफ्नो प्रदर्शनमा सुधार गर्दै लैजाने छन् ।’
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]