7 years ago
August 20, 2018
फुटबल खेलमा जित दर्ता गर्न बिपक्षि टोलीले भन्दा धेरै गोल गर्नुपर्ने हुन्छ । त्यसैले आफ्नो टोलीमा कुशल स्ट्राइकर हुनु धेरै महत्वपूर्ण हुन्छ। रुस विश्वकपमा धेरै स्ट्राइकरले आफ्नो खेल कौशल प्रदर्शन गरे । त्यसमध्ये इंग्ल्यान्डका ह्यारी केनले सर्वाधिक गोल गर्दै गोल्डेन बुट आफ्नो नाम गर्न सफल रहे। फुटबल खेलमा स्ट्राइकरको धेरै भूमिका हुने गर्दछ।

केहि स्ट्राइकर टार्गेट खेलाडीको रुपमा प्रस्तुत हुन्छन् भने केहि स्ट्राइकर “फल्स ९” को रुपमा देखिन्छन्। तर सफल स्ट्राइकर तिनै हुन्छन जो आफ्नो टोलीको माग अनुसार जुन भूमिकामा समेत खटिन र चाहे जति गोल गर्न सक्छन्। पछिल्ला केहि वर्षको प्रदर्शनका आधारमा वर्तमान विश्व फुटबलका ५ उत्कृस्ट स्ट्राइकरहरु यसप्रकार छन् :
५) एडिसन् काभानी (पेरिस सेन्ट जर्मन)
नेपोलीको सफल यात्रा पछि सन् २०१३ मा एडिसन् काभानी पेरिस सेन्ट जर्मन आएका थिए । नेपोलिमा रहंदा उनले ३ सिजनमा ७८ सिरी ए गोल गरेका थिए। पीएसजीमा आएपछि काभानीले पछिल्ला २ सिजनमा ६३ लिग गोल गरेका छन्। यस्तै च्याम्पियन्स लिगमा भने काभानीको गोल संख्या १५ रहेको छ। रुस विश्वकपमा काभानीले ४ खेलमा ३ गोल गरेका थिए।

४) ह्यारी केन (टोटनह्याम)
इंग्लिस स्ट्राइकर ह्यारी केन टोटनह्यामको सुरुवाती ११ मा परेपछि उत्कृष्ट लयमा देखिएका छन् । प्रिमीयर लिगको १५३ खेलमा केनले १०८ गोल गरेका छन्। सन् २०१७-१८ को प्रिमियर लिगमा भने मोहम्मद सलाहले उत्कृस्ट प्रदर्शन गर्दा ह्यारी केन गोल्डेन बुट जित्नबाट चुकेका थिए। सो सिजन उनले ३० गोल गरेका थिए।

केनसंग चाहेको समयमा उचित स्थानमा उपस्थित हुन सक्ने कला रहेको छ। पेनाल्टी बक्स भित्रबाट सट प्राहार गर्नु उनको क्षमता हो। सुरुवाती दिनमा केन एक कुशल लिंक अप खेलाडी रहेका थिए। तर समयसंगै केन एक उत्कृष्ट स्ट्राइकर बनेका छन्। उमेरका हिसाबले समेत उनि आउने दिनमा अझ राम्रा स्ट्राइकर बन्न सक्छन्।
३) सर्जियो अगुएरो (म्यानचेस्टर सिटि)
अर्जेन्टिनि स्ट्राइकर अगुएरोलाई म्यानचेस्टर सिटिले एटलेटिको म्याड्रिडबाट आफ्नो टोलीमा लिएको थियो। अगुएरोले सिटीलाई ३ पटक प्रिमियर लिग उपाधि जिताईसकेका छन् । सन् २०१७-१८ को सिजनमा सिटिलाई प्रिमियर लिगको च्याम्पियन बनाउन अग्युरोले २१ गोल गरेका थिए भने ६ असिस्ट समेत प्रदान गरेका थिए।

उनको ड्रीब्लिंग क्षमता निकै उत्कृष्ट रहेको छ। आफ्नो खुट्टामा रहेको कलाका कारण अगुएरो पेनाल्टी बक्स भित्र विपक्षी डिफेन्डरका लागि खतरनाक रहने गर्छन्। उनको सबैभन्दा ठुलो कमजोरी नै उनको चोट हो। सिटिका ७ सिजन खेलेपनि उनले मात्र २०७ खेलमा मात्र सुरुआती रोजाईमा खेलेका छन्। उनी यदि चोटबाट ग्रसित नहुने हो भने उनले कति सफलता हात पार्ने थिए भनेर सोच्न कठिन छ।
२) लुईस स्वारेज (बार्सिलोना)
धेरै पटक फुटबलको विवादमा मुछिएपनि सुआरेज एक कुशल स्ट्राइकरको रुपमा विकसित भइसकेका छन्। सन् २०१४ मा बार्सिलोना आएका सुआरेजले बार्सामा एमएसएन को चर्चित जोडी बनाएका थिए । पछिल्ला दुई सिजनमा उनले ५४ गोल तथा २५ एस्सिस्ट हात पारेका छन्। रुस विश्वकपमा उत्कृष्ट लयमा नरहेपनि उनले दुई गोल गर्न भ्याएका थिए।

डिफेन्डरलाई चक्मा दिएर बल अगाडी बढाउन सुआरेज पोख्त छन्। उनको गति समेत एक कुशल स्ट्राइकरमा हुनु पर्ने कला हो। यद्यपी सुआरेजको सबैभन्दा ठूलो क्षमता गोल गर्ने मौका सिर्जना गर्नु र आफैं गोल गर्न सक्नु हो। उनको गोल गर्न सक्ने क्षमताकै कारणले उनी स्ट्राइकरको सुचिमा काभानी, अगुएरो र केनभन्दा अगाडी छन्।
१) रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख)
सन् २०१० देखि बायर्न म्युनिखमा रहेका पोलिश स्ट्राइकर उत्कृस्ट लयमा रहेका छन्। बायर्नमा आउन अघि उनि बोरुसिया डर्टमुण्डमा रहेका थिए। बायर्नबाट खेलेका १२६ खेलमा उनले १०६ गोल गरेका छन्। रुस विश्वकपमा पोल्याण्डका लागि खास केहि गर्न नसकेपनि उनको बायर्नमा प्रदर्शन उत्कृष्ट रहेको छ।

उनको मजबुत पक्ष पेनाल्टी बक्समा खालि स्थान भेटाउनु हो। साथै सट प्रहार गर्न समेत रोबर्ट समय लिदैनन्। आफुले पाएका मौका धेरै कम गुमाउने खेलाडीको रुपमा रोबर्ट चिनिन्छन्। हावामा रहको बल आफ्नो पकडमा राख्न सक्नु अर्को उनको कला हो। यी सबै कारणले गर्दा नै उनि यो सूचिको शीर्षस्थानमा छन्।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]