7 years ago
August 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – म्याग्दी मगर समाजले सातौ रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधि जितेको छ । शुक्रवार बेलुका कृतिम प्रकाशमा खेलाईएको १० डोरको खेलमा ११७ अंक जोड्दै म्याग्दी मगर समाजले उपाधि जितेको हो ।
कुल १२० अंकका लागि खेलाईएको १० डोरको खेलमा म्याग्दी मगर समाजले ३ अंक गुमाएको थियो । सात सदस्य टिम स्पर्धामा ६ जना खेलाडीले खेल्न पाउने नियम रहेको छ । प्रत्येक खेलाडीले एक डोरमा २ तीर निशानामा लागाउने पर्नेमा म्याग्दी मगर समाजका जुलुक पुन, कमल पुर्जा, प्रवेश फगामी र हरि पुनले सतप्रतिसत नतिजा निकाल्दै १० डोरमा २० तीरलाई अचुक निशाना लगाएर समान २०÷२० अंक जोडेका थिए । देब रोकाको एउटा प्रहार चुके पछि १९ अंकको योगदान दिदा तलबहादुर गर्बुजाले दुई निशाना खेर फाल्दै १८ अंक जोडेका थिए । दोश्रो स्थानमा रहेको नेपाल छन्त्याल संघले १० निशाना चुके पछि ११० अंकमा चित्त बुझाएको थियो । त्यस्तै नेपाल जापान सम्पर्क समितिले १०५ अंक जोड्दै तेस्रो स्थान हात पा¥यो ।
थासाङ स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगितामा नेपाल छ्रन्त्याल संघका राजु छन्त्याल दोहोरो उपाधि जित्दै सर्वाेत्कृष्ट धनुषधरको उपाधि जित्न सफल भए । ब्यक्तिगत स्पर्धाको खेलमा कुल १० अंक जोड्दै सर्वोकृष्ट धनुषधरको उपाधि जित्दै ३३ हजार ९ सय नगद प्राप्त गरे । टिम स्पर्धामा २० अंक जोड्ने ७ खेलाडीलाई पछि पादै बिशिष्ट धनुषधरको उपाधि पनि जित्न सफल भए ।
बिजेता टिम तथा खेलाडीलाई कार्यक्रमकी प्रमुख अतिथि थकाली सेवा समितिकी केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचन,आयोजक थासाङ स्पोर्टस् क्लबका अध्यक्ष कृष्ण शेरचनलगायतले पुरस्कृत गरेका थिए । सो अवसरमा प्रायोजक प्रभु लाईभ इन्स्युरेन्सका खगेन्द्र भट्चन,साग्रीला बिकाश बैंककी ज्योती गौचनलाई सम्मान गरिएको थियो । ५ दिने प्रतियोगिताको उद्घाटनका अवसरमा समूदायका खेलाडीद्धय शक्ति गौचन र शोभा गौचनलाई सम्मान गरेको थियो ।
यसैबीच थकाली सेवा समिति र थासाङ स्पोर्टस् क्लबले एशियाडमा सहभागि हुन जाने खेलाडीद्धय मिनप्रसाद गौचन र अशिम शेरचनलाई शुक्रवार बेलुकी बिदाई गरेको छ । थकाली सेवा समिति केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचन र आयोजक थासाङ स्पोर्टस् क्लबका अध्यक्ष कृष्ण शेरचनलगायतल शुभकामना दिएका थिए ।
आर्चरीमा पुरुषतर्फ मिनप्रसाद गौचन, अशिम शेरचन, रोशन नगरकोटी र तिलक पुनमगर शनिवार त्यसतर्फ जादैछन् । पुरुषमा ब्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा हुने छ भने उत्कृष्ट एक पुरुष खेलाडीले मिक्स डबलमा पनि प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ भने ज्ञानु अवालेले एकल र मिक्स डबलमा प्रतिस्पर्धा गर्ने छिन् । टिम प्रशिक्षकमा नेपाल आर्चरी संघका अध्यक्ष पूर्व राष्ट्रिय खेलाडी दिपकराज गुरुङ र ब्यवस्थापकमा महासचिव रमेशप्रसाद शिवाकोटी टिमको नेतृत्व गरेर शनिवार जार्कतातर्फ जाँदै छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]