default_image

7 years ago

August 18, 2018

एपिएफको दुवै टोली सेमिफाइनलमा

173 views

0 Bookmark

पोखरा(हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल कालिका गणको ‘ए’ र ‘बी’ टिम पोखरामा जारी अन्तरक्लब खुला पुरुष बिच भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । फेवाताल किनारा (बाराहीघाट) मा शनिबार भएको खेलमा एपएिफ ‘ए’ ले मोदी गाउँपालिकालाई २१–१६ र २१–१८ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

एपीएफ ‘बी’ ले कास्की जिल्ला भलिबल संघ ‘डी’लाई २१–११ र २१–१३ सोझो सेटमा हराएर अन्तिम चारमा स्थान बनायो । शनिबारै भएको अर्काे क्वार्टरफाइनलमा पश्चिमाञ्चल भलिबल संघले भलिबल ट्रेनिङ सेन्टर नदीपुरलाई २१–१५, १५–२१ र १५–८ ले हराउँदै अन्तिम चारमा पुग्न सफल भयो । कास्की जिल्ला भलिबल संघ ‘ए’ ले कास्की जिल्ला भलिबल संघकै ‘बी’ लाई १३–२१, २१–१५ र १५–१३ ले हराउँदै अन्तिम चारमा स्थान बनाए ।

सेमिफाइनलमा सशस्त्र प्रहरी कालिका गण ‘बी’ र पश्चिमाञ्चल भलिबल संघबीच सेमीफाइनल हुनेछ । अर्को सेमिफाइनलमा एपीएफ ‘ए’ र कास्की जिल्ला भलिबल संघ प्रतिस्पर्धा गर्नेछन् । फाइनल पनि आइतबारै हुनेछ । कास्की जिल्ला भलिबल संघले शुक्रबारदेखि सुरु गरेको सो प्रतियोगितामा आर्मी र सशस्त्रको ४ विभागीयसहित २२ टिमको सहभागिता रहेको छ । विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.