7 years ago
August 19, 2018
म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स प्रस्थान र जिनेदिन जिदानले पद त्यागेपछि रियल म्याड्रिडले आफ्नो टोलीलाई अझ सशक्त बनाउन नयाँ खेलाडी भित्र्याउनु अत्यावश्यक रहेको थियो । यसका लागि क्लबको खातामा अझैपनि ३०० मिलियन युरो बाँकी रहेको पनि बुझिएको छ । तैपनि रियलले कुनै खेलाडीसँग सम्झौता नगर्नुले समर्थहरु अन्यौलमा छन् ।

धेरैको आँकलन रियलले आफ्नो खाताको ३०० मिलियन युरो ब्राजिलियन स्टार नेयमारलाई जोगाएको बुझाइ रहेको छ । युईएफएले केहिदिनमा पीएसजीको ट्रान्सफर बारे गर्ने निर्णयले नेयमारको रियल ट्रान्सफरलाई अझ नजिक ल्याउन सक्छ । पेरिस सेन्ट जर्मनका केहि फाइल युइएफएले अध्ययन गरिरहेकाले समेत नयाँ ट्रान्सफरमा समय लागेको हो ।
“मार्सा” नामक अनलाइन पत्रिकाले गरेको अध्यन अनुसार युइएफएका कर्मचारीले फ्रेन्च क्लबको अडीट रिपोर्ट अध्यन गरिरहेका छन् र क्लबले प्रायोजनबाट पाएको रकमको अनुसन्धान गरिरहेका छन् । कतार बैंकले तिरेको रकमको विषयमा समेत कर्मचारीहरुले अध्ययन गरिरहेकाछन् र क्लबले पाएको धेरै रकम सोहि बैंकबाट आएको आशंका गरिएको छ । युइएफए कमिटिको निर्णय भने अगष्टको अन्तिम सम्ममा आउनेछ ।

पेरिस सेन्ट जर्मन र बार्सिलोनाले गत सिजनको तुलनामा तलबमा ८० % बढी वृद्धि गरेका थिए । उनीहरुले २०१७/१८ को सिजनमा खातामा कारोबार बराबर गर्नु पर्नेछ । पेरिस सेन्ट जर्मनले भने क्लबको सबै आर्थिक स्थिति सहि रहेको बताउँदै आएको छ । त्यससँगै पेरिस सेन्ट जर्मनले खेपिरहेको अर्को समस्या भनेको नेयमारको लगातार परिवर्तन हुने व्यवहार समेत हो । अर्को एक वर्षसम्म पेरिस सेन्ट जर्मनमा रहने उनको भनाइले उनीमाथि लागेका सबै बोली हटेका हुन् ।
यस्तो अवस्थामा पनि रियल म्याड्रिडले भने नेयमार बाहेक अन्य खेलाडीलाई भित्र्याउने प्रयास नै गरेको छैन । एटलेटिको विरुद्धको हारले अवस्था अझ जटिल बनेको छ । रोबर्ट लेवान्डोस्की, टिमो वेर्नेर, रोड्रीगो लगायतका खेलाडी समेत रियलले दिएको रकममा क्लबमा आउने निश्चित छैन ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]