default_image

6 years ago

August 26, 2018

१८औं एसियाडः ३५ राष्ट्र पदक जित्न सफल, नेपाल अझै पदकविहीन

जाकार्ता (हाम्रो खलकुद) – इन्डोनेसियामा जारी एसियाली खेलकुदको कुम्भमेला एसियन गेम्स (एसियाड) को आज नवौ दिन सकिएको छ । ४६ राष्ट्रले सहभागिता जनाएको एसियाडको नवौ दिनको समाप्तीसम्ममा ३५ राष्टले पदक जित्न सफल हुदा नेपाल अझै पदकविहीन बनेको छ ।   चीन ७८ स्वर्ण, ५९ रजत र ३७ कास्यगरी कुल १७४ पदकसहित पदक तालिकाको शीर्ष स्थानमा […]

41 views

0 Bookmark

जाकार्ता (हाम्रो खलकुद) – इन्डोनेसियामा जारी एसियाली खेलकुदको कुम्भमेला एसियन गेम्स (एसियाड) को आज नवौ दिन सकिएको छ । ४६ राष्ट्रले सहभागिता जनाएको एसियाडको नवौ दिनको समाप्तीसम्ममा ३५ राष्टले पदक जित्न सफल हुदा नेपाल अझै पदकविहीन बनेको छ ।

 

चीन ७८ स्वर्ण, ५९ रजत र ३७ कास्यगरी कुल १७४ पदकसहित पदक तालिकाको शीर्ष स्थानमा छ । अफगानिस्तान १ कास्य जितेर पदक जित्नेको अन्तिम (३५औं ) स्थानमा रहेको छ ।

नेपालले करातेतर्फ शनिबार पदक नजिक पुगेर पनि पदक जित्नबाट वञ्चित बन्न पुगेको थियो । नेपालकी चञ्चला दनुवार महिला एकल कातातर्फ रीता कार्की पनि पदक जित्नबाट विमुख बनेकी थिइन् । भारोत्तोलनमा तीन खेलाडीले आफ्नो कीर्तिमानमा सुधार गर्नुबाहेक अन्य खेलको प्रदर्शन एसियाडमा आशतित हुन सकेको छैन ।

नवौ दिनमा नेपालको प्रदर्शन

इन्डोनेसियमा भइरहेको १८ औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबार ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

जेआई एक्सपो हल एमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कुलमा १७५ केजीको भार वहन गरिन् । यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो । ताराले स्न्याचमा तेश्रो लिफ्टमा कीर्तिमान रचेकी हुन् । पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोश्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन् । तेश्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् ।

क्लिन एन्ड जर्कमा ९७ केजी र कुलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो । तीनै कीर्तिमान ताराले नेपालगन्जमा गत जेठमा भएको एसियाली खेलकुदको छनोटमा राखेकी थिइन् । क्लिन एन्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भार वहन गरेकी थिइन् । ताराले दोश्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन् ।
भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ । तारासहित ४ खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा सन्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल रहे ।

 

टेबल टेनिसः टिममा पराजय
टेबलटेनिसको पुरुष÷महिला दुवैको टिम इभेन्टमा नेपाल पराजित भएको छ । जेआई एक्सपो हल बीमा पुरुषमा नेपाल चीनसंग ३–० को सोझो सेटमा पराजित भयो । महिलामा नेपाल मलेसिया र सिंगापुरसंग समान ३–० को सीधा सेटमा हा¥यो ।
पुरुष टोलीमा नेपालबाट अमरलाल मल्ल, श्यान्टु श्रेष्ठ र दीप साउनले प्रतिस्पर्धा गरेका थिए । महिलामा नवीता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जनले खेलेका थिए ।

बक्सिङ: विष्णु र प्रेम पराजित
बक्सिङको पुरुष ६९ केजीमा नेपालका विष्णुप्रसाद घले गुरुङ पराजित भएका छन् । विष्णुलाई कतारका थुलासिमारान थारुमालिङगमले ५–० ले पराजित गरे । पुरुष ५२ केजीमा नेपालका प्रेम चौधरीलाई फिलिपिन्सका रोगन लादोनले ५–० ले स्तब्ध पारे ।
महिलातर्फ बिमला श्रेष्ठ पनि मंगोलियाकी खेलाडीसाग ४–१ ले  पराजित भईन् ।

करातेः पहिलो चरणमै हार
करातेमा आइतबार तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पहिलो चरणमै पराजित भए । जेसीसी प्लेनरी हलमा भएको पुरुष ६० केजीमा नेपालका सोनाम लामा भियतनामका हाइभान नुयेनसंग ३–० तथा ६७ केजीमा नेपालका विजय लामा जापानका सिनोहारा हिरोतोसंग १–० ले पराजित भए । महिला ६१ केजीमा थाइल्यान्डकी आर्म सुक्कीआउले नेपालकी सुनीता महर्जनलाई ४–१ ले निराश पारिन् ।
सोमबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दिवस श्रेष्ठ र महिलामा अनु अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पहिलो दिन शनिबार तीन नेपाली खेलाडी पराजित भइसकेका छन् ।

सेपाकताक्रो
एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपाल चीनसंग २–० ले पराजित भएको छ । जेएससी रनाउ हलमा चीन २१–४ र २१–९ ले विजयी भयो । यसअघि नेपाल मलेसिया र दक्षिण कोरियासंग समान २–० को नतिजामा पराजित भएको थियो । नेपालले सोमबार भारत विरुद्ध खेल्नेछ ।

प्लाराग्लाइडिङ
प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको दोस्रो चरण सकिँदा नेपाली पुरुष टिम तेस्रो स्थानमा रहेको छ । नेपाली टिमले दोस्रो चरणसम्म २९ सय ४९ अंक जोडेको छ । नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले खेलिरहेका छन् । ३८ सय १८ अंक जोडेर इन्डोनेसिया शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको ३१ सय ३९ अंक छ । २७ सय ७५ अंक जोडेर चौथो स्थानमा रहेको जापानले नेपाललाई पछ्याइरहेको छ ।
महिलातर्फ दोस्रो चरणको खेल सकिँदा नेपाली टिम पाँचौ स्थानमा झरेको छ । अघिल्लो दिन नेपाली महिला टिम चौथो स्थानमा थियो । नेपाली महिला टिमले अहिलेसम्म ६ सय ३८ अंक जोडेको छ । नेपाली टिममा प्रतिभा भुजेल, त्रिसा श्रेष्ठ बम्जन तामाङ र सविता तामाङ छन् । यो इभेन्टमा दक्षिण कोरिया पहिलो, जापान दोस्रो, इन्डोनेसिया तेस्रो र थाइल्यान्ड चौथोमा छन् । प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्ट पाँच राउन्डसम्म चल्नेछ । बुधबार यो इभेन्टको पदकको टुंगो लाग्नेछ ।

गल्फ
गल्फको व्यक्तिगत स्पर्धामा नेपालका शुक्रबहादुर राई ५७ औं, टंकबहादुर कार्की ६० औं, पृथ्वी मल्ल संयुक्त रुपमा ७४ औं र अजित विक संयुक्त रुपमा ७८ औं स्थानमा रहे । यो स्पर्धामा ७८ खेलाडीले भाग लिएका थिए । जापानले स्वर्ण, दक्षिण कोरियाले रजत र चीनले कास्य पदक जिते । गल्फको टिम स्पर्धामा नेपाल १७ औं भएको छ । यो स्पर्धामा २० टिम सहभागी थिए । टिम स्पर्धाको स्वर्ण पनि जापानले जितेको छ । चीन दोस्रो तथा दक्षिण कोरिया तेस्रो भए ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.