7 years ago
August 31, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबल मा नोपलले १५औं स्थान हासिल गरेको छ ।
गोर बुलुनगन स्टेडियममा शुक्रबारको लागि तय भएको १५औं र १६औं वरीयताको खेलमा किर्गिस्तानबाट वाकओभर पाएपछि नेपालले १५औं स्थान प्राप्त गरेको हो । वाकओभर पाएपछि आयोजकले अर्काे टिमलाई ३–० को सोझो सेट २५–०, २५–० र २५–० को नतिजा दिने गर्दछ ।
एसियाडमा २० टोलीको सहभागिता रहेको थियो । समुह चरण र नकआउट चरणमा पराजित टोलीहरुबीच वरीयताको लागि पुन प्रतिस्पर्धा भएको थियो । नेपालले १३ देखि १८औं वरीयताको लागि मंगोलिया र श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो ।
१३औं वरीयतामा मंगोलियालाई ३–१ को सेटमा पराजित गरेपनि नेपाल श्रीलंकासँग ३–१ कै सेटमा पराजित भएपछि १५ र १६औं वरीयताको प्रतिस्पर्धामा पुगेको थियो ।
नेपाल समुह चरणमा चाइनिज ताइपेई र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।
नेपालले एसियाडमा मंगोलियाविरुद्ध मात्रै जित निकाल्न सफल भएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]