7 years ago
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन क्लबको आयोजनामा बुधबारदेखि ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक ढोरपटन क्लबले मंगबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
प्रतियोगिता गोङ्गबु नयाँ बसपार्कस्थित ढारपाटन क्लबको खेल मैदानमा १० असोजबाट १३ असोजसम्म हुनेछ । नकआउटका आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ ३२ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका राष्ट्रिय खेलाडीहरुले जोडी बनाएर खेल्न पाउने छैनन् । महिलातर्फ बुधबारमात्रै सहभगी टोलीको टुङ्गो लाग्ने क्लबले जनाएको छ ।
यस्तै मंगलबारै क्लबले मुख्य प्रायोजक अर्गानाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) सँग सम्झौता हस्ताक्षर गरेको छ । सम्झौतामा क्लबका अध्यक्ष मनवीर छन्त्याल र ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्काले हस्ताक्षर गरे । सम्झौता अनुसार ओप्सले प्रतियोगितालाई १ लाख २० हजार उपलब्ध गराउनेछ । सम्झौतापछि ओप्सका अध्यक्ष लोकेन्द्र खड्काले ओप्स अध्ययनसँग अतिरिक्त क्रियाकलाप विशेषगरी खेलकुदमा सक्रिय रहेको बताए ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ४० हजार रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले २० हजार तथा तेस्रो हुनेले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फको विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार पाउनेछ । टिकट काटेर खेल हेर्न आउने एक उत्कृष्ट दर्शकले एक थान युएम मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालनका लागि करिव २ लाख ५० हजार खर्च हुने आयोजकले अनुमान गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]