6 years ago
November 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको बाली प्रस्थान गरेको छ ।
नोभेम्बर २ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमुनि पुकार हुमागाईं तथा ६५ केजीमुनि अजय बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा सीताराम हुमागाईं तथा व्यवस्थापकमा राजेश तामाङ रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे । मार्सल आर्ट्स अर्गनाइजेसन नेपालको पहलमा टोली प्रतियोगितामा सहभागी हुन लागेको हो ।
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]
December 8, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]
December 7, 2024
एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ । इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ […]