7 years ago
March 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको अन्तर विद्यालयस्तरीय जुनियर जिएफए कप फुटसल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ ।

काठमाडौं मन्डिखाटारस्थित ग्रासरुट फुटसल कोर्टमा दुई दिने प्रतियोगिता शुरु भएको हो । शुक्रबार यु–१० तर्फ र यु–१२ तर्फ समान ९ खेल सम्पन्न भए ।
जसबाट यु–१० तर्फ जोन डेबि, संस्कृति, काष्टमन्डप र विद्या संस्कारले सेमिफाइनलमा स्थान बनाए । यु–१२ तर्फ काठमाडौं प्रज्ञा कुन्ज, रोजवड, काष्टमन्डप र जोन डेबिले सेमिफाइनलमा स्थान बनाए।

दुवै उमेर समूहमा गरी ८ विद्यालयले सहभागिता जनाएको र खेल लिग कम नकआउटको आधारमा सञ्चालन भएको थियो । सेमिफाइनल र फाइनल खेल शनिबार हुने प्रतियोगिता संयोजक हरि लामाले जानकारी गराए ।
उनका अनुसार समापनका अवसरमा नेपाली राष्ट्रिय टिमका तीन गोलरक्षक सम्मानित हुने छ । सम्मानित हुनेमा राष्ट्रिय टिमका पुर्व कप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंह, अहिलेको पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र भ्याली च्यासल युथ क्लबका सन्तोष महत रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]