7 years ago
March 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ग्रासरुट फुटसल एकेडेमी (जिएफए)ले राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङसँगै नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंह र च्यासल युथ क्लबका गोलरक्षक सन्तोष महतलाई सम्मानित गरेका छन् ।

चौथो संस्करणको अन्तर विद्यालयस्तरीय जिएफए कप फुटसल प्रतियोगिताको समापन दौरान तीनै गोलरक्षकलाई आयोजकले नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरेका हुन् ।
विद्यालय स्तरीय फुटसल प्रतियोगिताको यु–१० तर्फ जोन देवि स्कुल च्याम्पियन बन्यो । जोन देविले संस्कृति स्कुललाई १–० ले हरायो । यु–१२ तर्फ काठमाडौं प्रज्ञाकुन्जले काष्टमन्डपलाई ६–४ ले पराजित गर्दै च्याम्पयन बन्यो ।

यु–१० तर्फ जोन देविका योङ्देन लामा र यु–१२ मा काष्टमन्डपका प्रशान्त लिम्वु उत्कृष्ट खेलाडी चुनिए । जिएफएका प्रशिक्षकमा हरि लामा उत्कृष्ट प्रशिक्षक चुनिए । उनले ५ हजार रुपैया पाए ।
स्किलफुल खेलाडीमा जतिन बराल, मोस्ट पपुलरमा श्रृयन्स मानन्धर, गोलरक्षकमा सुगत श्रेष्ठ, अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा राम्रो खेलेका रजत श्रेष्ठ, डिफेन्समा प्रजोसन श्रेष्ठ र उत्कृष्ट प्रदर्शनमा टासी शेर्पा चुनिए । यस्तै डेलिकेटेड अभिभावकमा जनार्दन सिटौला चुनिए ।
यस्तै जिएफएको सात प्रशिक्षकले चुनेको वर्षभरिको अनुशाषित खेलाडीमा आश्रय बस्न्यात र सायन बस्न्यात चुनिए । उनीहरु सबैलाई गोलरक्षक किरण चेम्जोङ र उपेन्द्रमानसिंह लगायतले पुरस्कृत गरे ।
दुई दिनसम्म चलेको दुई उमेर समूहको प्रतियोगितामा विभिन्न ८ स्कुलले सहभागिता जनाएका थिए । यि टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]