7 years ago
May 20, 2019
धनगढी (हाम्रो खेलकुद) – एसटिएस टेलिभिजन र रेडियो धनगढी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा सोमबार एसटिएस टेलिभिजनले अनुमोदनलाई ११–० को फराकिलो अनतरले पराजित गर्दै समूह विजेता बनेको हो । एसटिएसको फराकिलो जितमा योगेन्द्र नायकले ५, सागर शाहले ४ तथा दिनेश विष्ट र समिर विष्टले समान १ गोल गरे ।
तीन खेलमा लागातार जित हात पारेको एसटिएसको नौ अंक रहेको छ । एसटिएसले लिगको अन्तिम खेलमा मंगलबार डेलीपाटीसँग खेल्नेछ ।
रेडियो धनगढी समुह बी को विजेता बन्दा बी टिभीलाई ७–१ ले हरायो । धनगढीका लागि लोक कार्कीले ५ तथा प्रकाश छेडालले २ गोल गरे । बी टिभीका लागि नवराज धानुकले एक गोल फर्काए ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलाली जिल्ला समन्वय शाखाको आयोजनामा जारी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको तेस्रो दिन भएको दोस्रो खेलमा भने सुदुर सन्देशले सान्त्वना जित हात पारेको छ ।
सुदुर सन्देशले दिनेश एफएमलाई ५–० ले हराएको हो । यसअघिको एक खेलमा हार र एकमा बराबरी गरेको सुदुर सन्देश चार अंक भएपनि प्रतियोगिताबाट बाहिरिएको छ । दिनेश एफएम पनि तीन खेलमा पराजित हुँदै अंक विहीन बन्यो ।
पश्चिम टुडेले सेमिफाइनल पुग्ने सम्भावनालाई वलियो बनाएको छ । पश्चिम टुडेले डेलीपाटी डटकमलाई ११–३ ले हरायो । प्रतियोगिता अन्तर्गत मंगलबार पनि लिग चरणका अन्तिम चार खेल हुनेछन ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]