7 years ago
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ‘ब्रम्हास्मी एसइइ कप क्रिकेट प्रतियोगिता’ यही आइतबारदेखि आयोजना हुने भएको छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीले प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा २६ जेठ आइतबारबाट हुने जानकारी गराएको छ ।

प्रतियोगितामा काठमाडौं रोयल्स, कैलाली डल्फिन, बिराटनगर लायन्स र दङ्गाली त्रिशुल गरी चार टोलीले चार दिनसम्म प्रतिस्पर्धा गर्नेछ । खेल ३०/३० ओभरको हुने छ । प्रतियोगिता ४ दिन संचालन हुनेछ ।
देशभरका १२ स्थानमा ट्यालेन्ट हन्ट गरि १२० खेलाडी प्रारम्भिक छनौट गरिएको थियो । छनोटमा परेका खेलाडीहरुको काठमाडौमा ७ दिने बन्द प्रशिक्षण पश्चात छनौट भएका ६० खेलाडी छनोट गरि शुक्रबारै खेलाडीको अक्सन गरिएको प्रतियोगिता निर्देशक प्रवल गौतमले जानकारी गराए ।
यस बर्ष एसइइ दिएका ५६ खेलाडी, यु–१६ का ४ जना उदयीमान खेलाडी र ८ जना यसै बर्ष एसइइ दिएका टिम मालिकले रोजेका खेलाडी गरि प्रतियोगितामा ६८ खेलाडीले सहभागिता जनाउने छन् ।
काठमाडौ रोयल्सका कप्तानी उत्तम थापा मगरले सम्हाल्नेछन् । कैलाली डल्फिनको प्रियान्सु श्रेष्ठ, बिराटनगर लायन्सको अमित कुमार महतो र दङगाली त्रिशुलको कप्तानी सहवाज खानले सम्हाल्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडी छनोट गरी श्रीलंकाको सिरिजमा सहभागिता गराईने र उक्त खेलाडीलाई कलेजले निशुल्क छात्रवृत्तिमा अध्यययन गर्ने व्यवस्था गराउनेछ ।
प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र म्यान अफ दि सिरिज हुनेले नेक्सस क्रिकेट एकेडमीको दिल्ली सेन्टरमा १ वर्षसम्म निशुल्क प्रशिक्षणको ब्यबस्था गरिने आयोजकले जनाएको छ । अन्य १० उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीमा ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित लाग २५ लाख रूपैया रहेको छ । प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।
खेल तालिका
जेठ २६ गते पहिलो खेल – काठमाडौं रोयल्स र बिराटनगर लायन्स
जेठ २६ गते दोस्रो खेल – कैलाली डल्फिन र दङ्गाली त्रिशुल
जेठ २७ गते पहिलो खेल – काठमाडौं रोयल्स र कैलाली डल्फिन
जेठ २७ गते दोस्रो खेल – बिराटनगर लायन्स र दङ्गाली त्रिशुल
जेठ २८ गते पहिलो खेल – बिराटनगर लायन्स र कैलाली डल्फिन
जेठ २८ गते दोस्रो खेल – काठमाडौं रोयल्स र दङ्गाली त्रिशुल
जेठ २९ फाईनल खेल – समुह बिजेता र समुह उपबिजेता
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]