6 years ago
June 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नाइटिङ्गेल कलेज एसईई फुटसल कप शुभारम्भ भएको छ ।

यस प्रतियोगितामा आयोजक नाइटिङगेल कलेज लगायत उपत्यकामा एसईई दिइएर बसेका विद्यार्थीहरुको समुह मिलाएर ८ वटा टीम सहभागि भएको छ ।
प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १८ वर्ष मुनिका विद्यार्थीहरु खेलिरहेको छ । कुपण्डोल सानेपास्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानमा प्रतियोगिता नकआउटको आधारमा संचालन भइरहेको छ ।
प्रतियोगिताको विजेताले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै टीम विजेतालाई त्यस कलेजको कक्षा ११ मा पूर्ण छात्रवृतिमा अध्ययन गर्न पाउनेछ ।
यस्तै विद्यागत तर्फ बेष्ट प्लेयर बेष्ट किपर र हाइस्कोररलाई प्रोत्साहन स्वरुप १ हजार नगर पुरस्कार, मेडल र सर्टिफिकेट प्राप्त गरिने आयोजकले जानकारी दिइएको छ ।
आजको पहिलो खेलमा नाइटिङ्गेल कलेज, श्रीटिका, फाईभस्टार फुटसल र डिभाइन फुटबल क्लबले जित निकालेको छ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]