default_image

6 years ago

June 21, 2019

फुटसलमा दिपज्योति च्याम्पियन

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दिपज्योति आवासीय माध्यमिक विद्यालय टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यायलय स्तरीय खेलकुद प्रतियोगिता अन्तरको फुटसलमा च्याम्पियन बनेको छ ।

अन्तर विद्यालय खेलकुद अन्तरगत फुटसलको उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी

टोखा ग्रान्डीस्थित ग्रान्डी फुटसलमा शुक्रबार भएको फाइनलमा दिपज्योतिले ग्रीनल्यान्ड माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

अमर माध्यमिक विद्यालयले सरस्वती माविलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रो स्थान हात पा¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा अमरले बाजी मारेको हो । फुटसलमा टोखा नगरभित्रका विभिन्न ३२ विद्यालयले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीहरुलाई प्रतियोगिताको अन्तिम दिन पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

टोखा नगरपालिकाको आयोजनामा विभिन्न विद्यालयको समन्वयमा टोखा नगरले विभिन्न चार खेल समेट्दै विद्यालयस्तरीय खेलुकद प्रतियोगिता ६ असारदेखि ११ असारसम्म आयोजना गरेको हो ।

अब दौड, ब्याडमिन्टन र रग्वी खेल रहेका रहेका छन् । दौड शनिबार हुनेछ । जसमा ५ कक्षासम्म १०० मिटर दौडमा छात्र/छात्रा, ५ देखि ८ कक्षासम्म २०० मिटरमा छात्र/छात्रा खुल्लामा मिनि म्याराथनमा छात्र/छात्रामै प्रतिस्पर्धा हुनेछ ।

तेस्रो दिन ब्याडमिन्टनमा छात्र/छात्रामा प्रतिस्पर्धा हुनेछ । अन्तिम दिन ११ गते रग्वीमा छात्र/छात्रामै प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको लागि करिव ७ लाख खर्च हुने अनुमान गरिएको प्रतियागिताको विजेताले शिल्ड र मेडल प्राप्त गर्नेछन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.