6 years ago
July 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले महिला साफ च्याम्पियनसिपको उपविजेता महिला राष्ट्रिय फुटबल टिमलाई पुर्व घोषित निर्णयअनुसार सोमबार र बिहीबार नगदसहित सम्मान गर्ने भएका छन् ।

साफको उपविजेता महिला टिमलाई महानगरले सोमबार र प्रदेश सरकारले मंगलबार पुर्वघोषित निर्णयअनुसार सम्मान गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले हाम्रो खेलकुदलाई जानकारी गराए । सम्मानका लागि नेपाली महिला टोली आजै विराटनगर प्रस्थान गरिसकेका छन् ।
प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले साफ जिते महिला टिमका सदस्यलाई जनही २ लाख दिने घोषणा गरेपनि टोली उपविजेता बनेपछि खेलाडीको हौसला स्वरुप जनही १–१ ले रुपैया दिने घोषणा गरेको थियो । समापनकै दौरान विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले महिला टिमलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।
नेपाल गत फागुन चैतमा घरेलु भुमि विराटनगरमा आयोजना भएको महिला साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–१ ले पराजित हुदै उपाधि विमुख बनेको थियो । चौथो संस्करणबाहेक सबै संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । चौथो संस्करणमा नेपाल सेमिफाइनलमै पराजित भएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]