default_image

6 years ago

August 12, 2019

दक्षिण एसियाली पदक विजेता बडिबिल्डर नगदरसहित सम्मानित

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बडिबिल्डिङ एन्ड फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले राजधानीमा साउन पहिलो साता सम्पन्न १२औं दक्षिण एसियाली बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपका पदकधारी खेलाडीहरुलाई सोमबार नगदसुहित सम्मानित गरेको छ ।

संघका अध्यक्ष श्रेष्ठले स्वर्ण, रजत र कास्यपदकाधारी १६ खेलाडीलाई एक कार्यक्रमकाबीच नगदसहित सम्मानित गरेको हो । अध्यक्ष श्रेष्ठले स्वर्ण जित्नेलाई ५० हजार रुपैया, रजत जित्नेलाई ३० हजार रुपैया तथा कास्यपदक जित्नेलाई जनही २० हजार रुपैयाका दरले सम्मानित गरेको हो ।

जुन एक मुस्टमा ४ लाख ८० हजार रुपैया हुन आउदछ । खेलाडीलाई पुरस्कार रकम हस्तान्तरण गरेपछि संघका अध्यक्ष श्रेष्ठले यो एक मायाँको चिनो रहेको र आगमी दिनमा पनि पदक जित्नको लागि थप मिहेनत गर्न सुिझाव दिए ।

च्याम्पियनसिपमा तीन खेलाडीले स्वर्ण, ७ खेलाडीले रजत र ६ खेलाडीले कास्य जितेको थियो । ६५ केजीमा समिर श्रेष्ठ, मेन्स एथ्लेटिक्स एन्ड फिजिक्स १६७ सेन्टिमिटरभन्दा माथि नरेश मालाकार, वुमन्स मोडल फिजिक्समा मल्लिका शाक्यले स्वर्ण जितेका थिए ।

कमल भण्डारीले ६० केजी, रमेश कार्कीले ७० केजीमा रजत जितेका थिए । यस्तै, निशान्मान प्रधानले मेन्स एथ्लेटिक्स एन्ड फिजिक्स १६७ सेन्टिमिटरभन्दा माथि, राजु राईले मेन्स फिटनेस फिजिक्स, प्रमोद राईले मेन्स स्पोर्टस् फिजिक्स १७० सेन्टिमिटर भन्दा माथि, रजनी श्रेष्ठले वुमन्स एथ्लेटिक्स फिजिक्स र पुजा श्रेष्ठले वुमन्स मोडल फिजिक्समा रजत जितेकी थिइन् ।

किसन दास दिवाकरले ५५ केजी, प्रज्वलमान शाक्यले ६५ केजी, अशोक महर्जनले ७५ केजी, मिलन सिजापतिले ८५ केजी, कृष्ण महर्जनले मेन्स जुनियर बडिबिल्डिङ र सुजिता मानन्धरले वुमन्स एथ्लेटिक्स फिजिक्समा कास्य हात पारेकी थिइन् ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.