6 years ago
August 17, 2019
भक्तपुर (हाम्रो खेलकुद) – भक्तपुर मार्सल आर्टस हाप्किडो संघले शनिबार मार्सल आर्टस हाप्किडो सम्बन्धी अभिमुखिकरण, पदस्थापन तथा कदरपत्र वितरण गरेको छ ।

राष्ट्रिय तथा अन्तराष्ेिट्रय स्तरका खेलाडीहरु उत्पादन गर्न, मुलुकमा बढ्दै गइरहेकों लैगिक हिंसा, दुश्मनबाट स्वयम्को आत्मरक्षा गर्ने कलालाई प्रस्फुटन गराउन स्थापित भक्तपुर जिल्ला हाप्किडो संघले सदस्यहरुको पदस्थापन, अभिमुखिकरण तथा कदरपत्र वितरण गरेको हो ।
प्रमुख अतिथि नेपाल ओलम्पिक कमितिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले नवगठित संघका अध्यक्ष एवं नेपाल मार्सल आटर््स हाप्किडो संघका प्रशिक्षक पद्मा खयरगोलीलाई हाप्किडो संघको प्रमाणपत्र एवं लाईसेन्स दोश्रो डान तथा सदस्यहरुको पदस्थापन, अभिमुखिकरण तथा कदरपत्र वितरण गरेका थिए ।
उपाध्यक्ष लाखेले अबका दिनमा भक्तपुर मार्सल आर्टस हाप्किडो संघले भक्तपुरमा मात्रै होइन ७७ जिल्लामै अझ नतिजाउन्मुख कार्य गरी समाजका विकृति र विसंगतीलाई सकोस् भन्ने धारणा राखे ।
नेपाल मार्सल आर्टस हाप्किडो संघका उपाध्यक्ष नारायण पौडेलले नेपाल मार्शल आर्टस हाप्किडो खेलको प्रतियोगिता विदेशमा मात्रै भइरहेको अवस्थामा अब आगमी दिनमा योजनासहित अघि बढ्ने र नवौं राष्ट्रिय खेलकुदमा समेटिनेमा आशावादी रहेको बताए ।
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य इन्दिरा निरौलाले भक्तपुरमा खेलकुद क्षेत्रमा विकास भएपनि केन्द्रबाट दिइने आवश्यक पुर्वाधारबाट भक्तपुर बञ्चित जस्तो देखिएपनि नेपाल मार्सल हाप्किडो संघका प्रशिक्षक भक्तपुरे चेलीले आफ्नै खर्चमा उपत्यका बाहिर राष्ट्रपति खेलकुदमा महिला अभिवृद्धि कार्यक्रममा चेतनामुलक आत्मरक्षा कलाको एक उदाहरणीय कला प्रस्तुत गर्नु प्रशांयोग्य कदम रहेको बताइन् ।
भक्तपुर जिल्ला भलिबल संघको अध्यक्ष विनोद चरण रायले मार्शल आर्टस हाप्किडोले आत्मरक्षा कला अझ प्रस्फुटन हुने कुरामा विस्वस्त रहेको बताए । नेपाल मार्सल आटर््स हाप्किडो संघका प्रमुख प्रशिक्षक लानम लामाले मार्सल आटर््स हाप्किडो सम्बन्धी प्रशिक्षण दिएका थिए ।
अध्यक्ष खयरगोलीले वर्तमान समयमा महिला हिंसा, बलात्कार, अपहरण, हत्याहरु बढ्दै गएको सन्दर्भमा अकस्मात हुन सक्ने शारिरीक तथा सांघातिक हमलाबाट हरेक वर्ग, तह, तप्काका व्यक्तिहरु जोगिन हाप्किडो सहयोगी हुने बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]