default_image

6 years ago

August 21, 2019

तेक्वान्दो टोलीको बिदाई

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा शुक्रबारदेखि आयोजना हुने एम के क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा लैनचौर तेक्वान्दो डोजाङले सहभागिता जनाउने भएको छ ।

२३ अगस्टबाट २५ अगस्टसम्म हुने च्याम्पियसिपमा लैनचौर तेक्वान्दोका ७ खेलाडीले आफ्नो चुनौती पेश गर्नेछन् ।

खेलाडीहरुमा ३३ केजीमुनि दिया रजक, ४३ केजीमुनि पुनम खत्री, ४४ केजीमुनि सुमिना खड्गी, ६३ केजीमुनि दिली सुनुवार, ६८ केजीमुनि सिजन श्रेष्ठ, ५८ केजीमुनि सुदिप तामाङ र २५ केजीमुनि सुशान्त भुजेल छन् ।

टिम प्रशिक्षकमा गौरव रजक, टिम प्रमुखमा सानुबाबु महर्जन, व्यवस्थापक विनोद सापकोटा, सहायक व्यवस्थापक दीपक बस्ताकोटी र रेफ्रीमा रमिला खत्री छिन् ।

१२ सदस्यीय टोलीलाई नेपाल तेक्वान्दो संघ ३ नम्वर प्रदेशका अध्यक्ष केशव पुरी, नेपाल पुलिसका पुर्व एआइजी माधव नेपाल लगायतले खेलाडीहरुलाई बिदाएै गरे । टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.