6 years ago
August 22, 2019
बिर्तामोड (हाम्रो खेलकुद) – प्ले फर डिप्राइभ्ड चिल्डेन नेपाल (पीडिसिएन) को आयोजनामा शुक्रबारदेखि थ्री अन थ्री नेपाल बास्केटबल लिग (एनविएल) इस्ट शुरु हुने भएको छ ।

एनबिएल थ्री अन थ्री इस्ट पुर्वको बिर्तामोड, धरान र बिराटनगरमा भदौं ६ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल बास्केटबल लिगको दुई संस्करण र नेपाल महिला बास्केटबल लिगको पहिलो संस्करण सफलतापुर्वक सञ्चालन गरिसकेको पीडिसिएनले बास्केटबललाई विकेन्द्रिकरण गर्ने उद्देश्यसहित यो प्रतियोगिताको आयोजना गर्न आयोजकले जानकारी गराएको छ ।
यि तीन स्थानमा १०–१० टोलीबीच नकआउटका आधारमा पहिलो चरणको प्रतिस्पर्धा गराइनेछ । पहिलो चरणको प्रतियोगितामा तीनै स्थानका पहिलो र दोस्रो हुने टोली बिर्तामोडमा हुने फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । बिर्तामोडमा भदौं १४ गते हुने फाइनलका लागि सहभागि ६ टोलीलाई दुई समुहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईनेछ ।
बिर्तामोडमा प्रकाश लिङ्देन, धरानमा बिकास चाम्लिङ र बिराटनगरमा सरोज लम्सालले सहयोग गर्नेछ । थ्री अन थ्री मा प्रत्येक टोलीमा ४–४ खेलाडी हुनेछ । सबैभन्दा पहिले २१ अंक बटुल्ने टोली बिजयी हुनेछ ।
एनबिएल थ्री अन थ्री वेस्ट पनि यही फर्मयाटमा धनगढी, बुटवल र पोखरामा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । मिति तय नभइसकेपनि आउदो कात्तिकसम्ममा आयोजना हुने आयोजकले बताएको छ ।
एनबिएल थ्री अन थ्री वेष्टलाई धनगढी प्रिमियर लिगका आयोजक सुबास बहादुर शाहीले सञ्चालन गर्नेछन् । एनबिएल इस्ट र एनबिएल वेष्टपछि उल्लेख्य मात्रामा बास्केटबल खेलाडीको उत्पादन हुने आयोजकले विश्वास लिएको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]