6 years ago
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनल्यान्डले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ ।

ग्रिनल्यान्ड सिनियर ब्वाइज र गल्र्समा च्याम्पियन बनेको हो ।जुनियर ब्वाइजमा लालीगुराँस पहिलो भयो ।
सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले टीआईएलाई ५२–४५ ले पराजित ग¥यो । ग्रिनल्यान्डका सम्पूर्ण गुरुङले १९ अंक जोडे । सिनियर गल्र्स फाइनलमा ग्रिनल्यान्डले एचएचसीएलाई ४०–२८ ले हरायो । विजेताकी सुजाता जागरीले ११ स्कोर गरिन् ।
जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले ग्रिनफिल्डलाई ३२–२२ ले पाखा लगायो । लालीगुराँसका दीपेश क्षेत्रीले ११ अंक बटुले ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सम्पूर्ण गुरुङ, जुनियर ब्वाइजमा लालीगुराँसका दीपेश क्षेत्री र सिनियर गल्र्समा ग्रिनल्यान्डी सितोषना केसी ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
सिनियर ब्वाइजमा टीआईएका सम्राट गुरुङ (९६ अंक) सिनियर गल्र्समा एचएचसीएकी अनिता राई (८७ अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा ग्रिनल्यान्डका राजीव आले मगर र सिनियर गल्र्समा ग्रिनल्यान्डकी स्किृति ढकाल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
विजेतालाई प्याब्सनका सह अध्यक्ष डिके ढुंगाना, ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङ, गोल्डेनपिकका प्रिन्सिपल छत्रमणि राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]