5 years ago
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) –दक्षिण कोरियाली सरकारले नेपालमा तेक्वान्दो खेलको बिकासमा महत्वपुर्ण योगदान पु¥र्याको भन्दै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणालाई बुधबार सम्मानत गरेको छ ।
कोरियामा तेक्वानदो दिवसको अवसर पारेर अध्यक्ष राणालाई कोरियाली खेलकुद सहायकमन्त्री रो ताइ काङले सम्मानित गरेको हो । कोरियाली सरकारले सेप्टेम्बर ४ तारिखलाई तेक्वान्दो दिवसको रुपमा मनाउने गर्दछ ।
यसअघि कोरियाली नागरिकहरुलाई मात्र प्रदान गरिएको यो सम्मान पहिलोपटक विदेशी नागरिकलाई प्रदान गरिएको छ । जस अन्तर्गत विश्वभरिबाट दुई जनाले मात्र उक्त सम्मान पाउने प्रावधान राखिएको थियो ।
जसमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा तथा अमेरिकि नागरिक यो योङ जुन रहेका छन् ।
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]
December 8, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]
December 7, 2024
एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ । इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ […]