6 years ago
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) प्रथम जीवन ज्योति कप अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जीवन ज्योति इङलिस बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा सेबले मानसिंहलाई २५–२० र २५–१८ को सोझो सेटमा पराजित ग¥यो ।
त्यस्तै युनिग्लोबले आयोजक जीवन ज्योतिलाई २५–२३ र २५–२१, स्वाति सदनले सन फ्लावरलाई २५–२२ र २५–८, सिद्धार्थले नेपाल राष्ट्रिय माविलाई २५–११ र २५–१६ तथा प्याराडाइसले लालीगुराँसलाई २५–१९ र २५–८ को सीधा सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताको नेपाल भलिबल संघका उपाध्यक्ष ऐनबहादुर शाहीले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा १६ टिम सहभागी छन् । विजेताले खसी, उपविजेताले बोका र तेश्रो हुनेले एक जोडी रातो भले पुरस्कारवापत पाउने छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]