6 years ago
October 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा सम्पन्न दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपका पदक विजेता प्रिन्स दाहालसहितको युवा ब्याडमिन्टन टोली आज स्वदेश फर्कने भएका छन् ।
नेपाली युवा टोली अपरान्ह ४ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथमा आइपुग्ने ब्याडमिन्टन एशियाका अम्पायर तथा बिश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) का लाईन जज उदय कुमार अर्यालले जानकारी गराए ।
नेपाली टोली शनिबार छिट्टै आइपुग्ने कार्यतालिका रहेपनि केही ढिला हुन पुगेको हो । नेपाली टोली अहिले दिल्ली एयरपोर्टमा ट्रान्जिटमा रहेका छन् ।
दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले एक रजत र तीन कास्यपदक हात पारेको थियो । जुनियर ब्याडमिन्टनमा नेपालले यति धेरैपदक एकैपटक हात पारेको हो ।
नेपालका लागि ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले पुरुष एकलमा रजत पदक हात पारेका थिए । मिक्स डबल्समा प्रिन्स, प्रफुल महर्जन, जेसिका गुरुङ र सीमा राजवंशीको जोडीले कास्यपदक जितेको थियो । यस्तै मिक्स टिम च्याम्पियनसिपमा पनि नेपालले कास्यपदक नै जितेको थियो ।
प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर र सिनियर स्तरमा उच्च प्रदर्शन गर्दै आइरहेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग( का लागि समेत छनोट भएका प्रिन्सले अन्नपूर्ण नेपाल अन्तर्राष्ट्रय ब्याडमिन्टन सिरिजमा कास्य तथा दुवई ओपनमा यू–१९ च्याम्पियनसिपमा स्वर्णपदक जितेका थिए ।
टोलीमा प्रिन्ससहित, प्रफुल महर्जन, रुकेश मर्हजन, रसिला मर्हजन, जेसिका गुरुङ र सिमा राजवंशी छन् । प्रशिक्षकमा किरण थापा र व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नविनविक्रम शाह रहेका छन् । नेपाली टोली १६ असोजमा त्यसतर्फ प्रस्थान गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]