6 years ago
October 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीले चौथो एनआरएनए फुटसल काठमाडौंको पुर्वसन्ध्यामा खेलिएको मैत्रीपुर्ण खेलमा एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाई पराजित गरेको छ ।
मेट्स फुटसलमा सोमबार खेलिएको मैत्रीपुर्ण खेलमा मञ्चले एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाई ११–५ को गोल अन्तरले पराजित गरेको हो । मञ्चका लागि दिल तामाङ र निशान राईले ह्याट्रिक पुरा गरे । प्रज्वल शाक्यले दुई तथा बासु अवाले र सुमन चापागाईँले समान एक–एक गोल गरे । एक गोल उपहार पाएको थियो ।
एनआरएनए फुटसल काठमाडौंको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष तथा राष्ट्रिय टिमका पूर्व गोलरक्षक उपेन्द्रमान सिंहले गरे । एनआरएनए फुटसल काठमाडौंमा विभिन्न देशमा छरिएर रहेका एनआरएनबीच प्रतिस्पर्धा हुदैछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]