default_image

6 years ago

October 16, 2019

नेपाल ई स्पोर्टस् च्याम्पियनसिप सुरु

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ई स्पोर्टस् संघको आयोजनमा दोस्रो नेपाल ई स्पोर्टस् च्याम्पियनसिप बुधबारदेखि काठमाडौमा सुरु भएको छ । भोटाहिटीस्थित डब्लुएएसडीको एरिनामा सुरु भएको च्याम्पियनसिपमा ई स्पोर्टस् अन्तरगतको डोटा २ र सिएसजिओ गरि दुई विधामा प्रतिस्पर्धा भईरहेको छ ।

डोटामा १२ टिम र सिएसजिओमा ११ टिम गरि कुल ११५ खेलाडीहरुले कम्प्युटर र इन्टरनेटका माध्यमबाट खेलिने खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । च्याम्पियनसिपका क्वालिफाइङ राउण्ड डब्लुएएसडीको एरिनामा र सेमिफाइनल तथा फाइनल चरणका खेल ८ र ९ कात्र्तिकमा भृकुटीमण्डपमा दर्शकहरुका माझ प्रतिस्पर्धा गराईने आयोजकले जानकारी गराएको छ ।

च्याम्पियनसिप अन्तरगत भईरहेको डोटा २ प्रतियोगिता अन्तराष्ट्रिय ई स्पोर्टस् महासंघले कोरियाको सिओलमा आयोजना गरिने ११औं बिश्व च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता समेत रहेको नेपाल ई स्पोर्टस् संघले जानकारी गराएको छ । यस्तै बिहिबारदेखि पाटन कलेजको आयोजनामा ई स्पोर्टस् अन्तरगतकै फिफा १९ अन्तरकलेज च्याम्पियनसिपको आयोजना हुने भएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.