default_image

6 years ago

October 18, 2019

खेलाडीका लागि मनोवैज्ञानिक कार्यशाला

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीको आयोजनामा नेशनल कन्फरेन्स अन एक्ससइज, स्पोट्र्स एन्ड फरफरमेन्स साइकोलाजी कार्यक्रम शुक्रबारबाट शुरु भएको छ ।

मनोवैज्ञानिक रुपमा जितको आधार बनाउने उद्देश्यले १३औं दक्षिण एसियाली खेलकुदलाई लक्ष्य गरेर सो कार्यशालाको आयोजना गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले १३औं साग हुँदैन भन्ने कुरा दिमागबाट हटाइदिन आग्रह गरे । उनले १३ अ‍ैं साग हुँदैन कि भन्ने दुविधालाई दिमागबाट हटाउन अनुरोध गरे । उनले खेलाडी मनोविज्ञानरुपमा पनि तयार हुनुपर्ने बताए ।

दुईदिने कार्यक्रम नेपाल ओलम्पिक कमिटीको भवन सातदोबाटोमा शुरु भएको हो । कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा टिम म्यानेजरी गरी १ सय जनाको सहभागीता रहेको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३ औं सागका लागि भौतिक पुर्वाधार देखि मनोवैज्ञानिक रुपमा खेलाडीलाई समेत तयार गरिरहेको बताए । उनले खेलाडीलाई प्रयाप्त प्रशिक्षणको व्यवस्था भएको समेत बताए । नेपाल जस्तो देशले लामो समय बन्द प्रशिक्षणमा राख्न गर्वको विषय भएको समेत बताए ।

सो कार्यक्रमलाई एसिया साउथ प्यासिफिक एसोसिएसन फर स्पोर्टस साइकोलोजी, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिी भिजिनरी इन्टरनेशनले सहयोग गरेका थिए । कार्यक्रममा एएसपीएएसपीका राष्ट्रिय प्रतिनिधि इन्द्र गुरुङ, एसिया प्यासिफ एसोसिएसन फर स्पोट्र्स साइकोलोजीका अध्यक्ष डा योङहो किम, ताइवानका पयाङ जिन, जापनका काओरी एराकी, थाइल्यान्डका नारुइपोभ भागिएटुरापात, राजेश्वरी श्रेष्ठ, विनिता अधिकार, प्रो. रामकृष्ण महर्जनले सहजीकरण गरेका थिए ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गूरुङ, सुनिल श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणाको अध्यक्षतामा भएको कार्यक्रम शनिवार सम्पन्न हुने एनओसीले जनाएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.