default_image

6 years ago

October 19, 2019

विजय र शैलेशलाई स्वर्ण

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति तेक्वान्दो डोजाङका विजय हायु र सितापाइलाका शैलेश गिरीले तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । चितवनको रत्ननगरमा शनिबार भएको पुरष जुनियर ४१ केजीमुनि विजयले मैत्री तेक्वान्दो डोजाङका सुजन सिलवाललाई हराए ।
पुरुष सिनियर ५४ केजीमुनि शैलेशले चुनदेवीका पुस्कल तामाङलाई हराए । जुनियर पुरुष ४९ केजीमुनि चुनदेवीका कर्मा नोर्वु शेर्पाले सिद्धार्थका विजय डंगोललाई र महिला जुजियर ४१ केजीमुनि चुनदेवीकी समता जिरेलले राईजिङ स्टोनकी सृष्टि न्यौपानेलाई हराउँदै स्वर्ण जिते ।
जुनियर महिला २८ केजीमुनि बुटवलकी रोशनी तामाङले स्टेपिङ स्टोनकी दिपा सन्जेललाई, सिनियर पुरुष ६८ केजीमुनि भैरहवाका महमद राफिकले पोखराका हेमन्त गुरुङ, सिनियर महिला ४९ केजीमुनि राईजिङ स्टारकी लक्ष्मी केवतले इच्छाकामनाकी दिपा त्रिपाठीलाई, सिनियर पुरुष ५८ केजीमुनि कोटेश्वरका विवेक केसीले भ्याली डिभिजनका राहुल कुमाललाई, जुनियर पुरुष ३६ केजीमुनि परासीका सलिम अन्सारीले अमेलियाका दिपेश श्रेष्ठलाई तथा जुनियर महिला ५० केजीमुनि सौराहाकी स्नेहा परियारले बुटवलकी सुरवी रोक्कालाई हराउँदै पहिलो भए ।
जुनियर पुरुष ३० केजीमुनि पिठवाका अनमोल केसीले उदश प्रधानलाई, सिनियर पुरुष ६३ केजीमुनि कोटेश्वरका रनित साउदले दिलिप स्मृतिका कपिल थापालाई, सिनियर पुरुष ५४ केजीमुनि सितापाइलाका दिपेश खत्रीले कैलालीका भुवन सार्कीलाई तथा जुनियर महिला ४६ केजीमुनि अनिसा वाईवाले कुमरोजकी आयुश्मा महत्तोलाई हराउँदै स्वर्ण जिते ।
जुनियर पुरुष ५५ केजीमुनि भैरहवाका अजित गुप्ता तेलीले द एभ्रीबडीका धनबहादुर बस्नेतलाई, जुनियर महिला ४५ केजीमुनि दिलिप स्मृतिकी रिना लामाले गोदावरी फिटनेशकी रोशनी सिलवाललाई, जुनियर पुरुष २८ केजीमुनि दोशारा चाँदनीका साजन ठगुन्नाले सुर्खेतका कृष्ण विकलाई तथा जुनियर पुरुष ५१ केजीमुनि मैत्रीका कृष्ण सुनारले एकता तेक्वान्दो डोजाङका इन्द्र राईलाई हराउँदै पहिलो भए ।
पुम्सेतर्फ १४ देखि १९ बर्षमा धरानका सुदेश राई, २५ देखि ३० बर्षमा नेपाल पुलिसका हस्त बहादुर तामाङ, महिला १९ देखि २५ बर्षमा न्युलाईटकी रुविना घले, महिुला १२ देखि १४ बर्षमा मुलपानीका आयुष ढुङ्गेज, महिला १४ देखि १९ बर्षमा भ्यालीकी रोशनी श्रेष्ठ, महिला १२ देखि १४ बर्षमा एब्सुलुटकी दिपिशा गुरुङ र पुरुष १९ देखि २५ बर्षमा गोदावरीका उज्जल श्रेष्ठले स्वर्ण जिते ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.