default_image

6 years ago

October 19, 2019

यू–१६ नेटबल च्याम्पियनसिपः सेमिफाइनल टुंगो

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको सेमीफाइनल समीकरण पूरा भएको छ । लिग चरणका दुई खेल बाँकी छँदै सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको हो । आयोजक नेपालसँगै भारत, श्रीलंका र माल्दिभ्स अन्तिम चारमा पुग्न सफल भए ।

अब सेमिफाइनलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्सबीच खेल हुनेछ । सेमिफाइनलमा पुग्नेमा श्रीलंका अपराजित एक्लो टोली हो । भारत र माल्दिभ्सले १–१ तथा नेपालले दुई खेलमा हार बेहारेको छ । प्रतियोगिताबाट बाहिरिएको पाकिस्तान जितविहीन छ ।

लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शनिबार भएको पहिलो खेलमा श्रीलंकाले पाकिस्तानलाई ६८–६ को फराकिलो अन्तरले पराजित ग¥यो । एकपक्षीय खेलमा श्रीलंकाकी हिरोनी हिसानीले १८ अंक जोडिन् । यस खेलमा श्रीलंकाकी रिसिनी प्लेयर अफ दी म्याच घोषित भइन् ।

शनिबार नै भएको अर्को खेलमा भारतले घरेलु टोली नेपाललाई ४२–१८ ले पराजित ग¥यो । १६ अंक जोडेकी भारतकी अन्सुले प्लेयर अफ दी म्याचको पुरस्कार पाइन् । अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई ६०–१६ स्कोरले पराजित ग¥यो । श्रीलंकालाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेकी नेथमी विजनायके प्लेयर अफ दी म्याच बन्न सफल भइन् । उनले २४ अंक बटुलिन ।

अर्को खेलमा भारतले पाकिस्तानलाई ५६–५ को फराकिलो अन्तरले पराजित ग¥यो । भारतलाई विजयी बनाउन अञ्जलीले २६ अंकको योगदान दिइन् । यस खेलमा भारतकी मानवी सोनी प्लेयर अफ दी म्याच बनिन् । ने

पालमा पहिलोपटक आयोजना भएको च्याम्पियनसिपको फाइनल कार्तिक ५ गते हुनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.