6 years ago
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताएका छन् ।
नेपालमा हुने सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिको उपस्थितिमा भएको बृहत छलफल कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले भने– ‘साग राष्ट्रले आयोजना गर्ने हो । तर, सागमा समावेश खेलको व्यवस्थापन र सञ्चालन सम्बन्धित खेल संघले नै गर्ने हो । सबै संघलाई जिम्मेवारी दिएर खेल विकासमा अगाडि बढ्ने छौं ।’ खेलकुद मन्त्री विश्वकर्माले खर्च गर्दा पारदर्शीतीमा जोड दिनु पर्ने बताए ।
संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हालै कतारमा सम्पन्न एनोक बैठकका दौरान सागको समय सार्ने विषयमा कुनै छलफल नभएको प्रष्ट पार्दै राष्ट्रको गौरवसंग जोडिएको विषय भएकाले निर्धारित समयमै साग हुनु पर्नेमा जोड दिए ।
खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कुनैपनि काम गर्दा पद्धति र प्रकृयालाई ध्यानमा राखि अगाडि बढ्नु पर्ने सुझाए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले साग समयमै हुने भएकाले यसलाई अवस्मरणीय बनाउन सम्बन्धित सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने बताउदै सागको प्रगतिका बारेमा जानकारी गराएका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]