default_image

6 years ago

October 21, 2019

दक्षिण एसियाली नेटबलमा बस्नेत

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली नेटबल फेडरेसनको अध्यक्षमा मोहनबहादुर बस्नेत चयन भएका छन् । सोमबार काठमाडौंमा बसेको फेडरेसनको कंग्रेसले बस्नेतको अध्यक्षतामा नौ सदस्यीय कमिटी गठन गरेको हो । बस्नेत नेपाल नेटबल संघका अध्यक्ष हुन् ।

फेडरेसनको वरिष्ठ उपाध्यक्षमा भारतका हरिओम कौसिक, उपाध्यक्षमा माल्दिभ्सकी फजना जलिल, श्रीलंकाकी चम्पा वानामालिया गुणवद्र्धने, महासचिवमा पाकिस्तानका मुदासर रजक अराइन चयन भए ।

यसैगरी उपमहासचिवमा नेपालका दीपक लामा, कोषाध्यक्षमा पाकिस्तानकी साजिया युसुफ चयन भए । यस्तै सदस्यको जिम्मेवारी भारतका अमित अरोरा र बंगलादेशका कमरुल इस्लामले पाए ।

उक्त कंग्रेसबाट दक्षिण एसियाली नेटबल फेडरेसनको विधान र कार्यक्रम पनि पास गरेको छ । जसमा अर्को वर्ष नेपालमा दक्षिण एसियालीस्तरीय कोचिङ तथा अम्पायरिङ कोर्स सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यस्तै सन् २०२१ मा दक्षिण एसियाली नेटबल च्याम्पियनसिप भारतले आयोजना गर्ने निर्णय गरेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.