6 years ago
October 23, 2019
इरान – २०२० मा तुर्केमिनिस्तानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटसल टोलीले आज (बुधबार) ताजिकिस्तानसँग खेल्दैछ ।
खेल इरानको उर्मियामा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो टोली ताजिकिस्तानसँग खेल्ने लागेको हो ।
नेपाली टोलीका प्रशिक्षक विष्णु गुरुङले टोलीको तयारी राम्रो रहेकाले बलियो ताजिकिस्तानविरुद्ध मैद्यान उत्रिन तयार रहेको बताएका छन् । ‘दुई महिनाको प्रशिक्षण अवसर पाएका छौं । टोलीमा धेरै परिवर्तन छ । टिम राम्रो बनेको छ ।’ प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक गुरुङले भने, ‘टिम पहिले जस्तो कमजोर छैन । हामी सबै प्रतिद्धन्द्धीलाई कडा टक्कर दिन सक्छौं । टोलीमा त्यो क्षमता छ ।’
यस्तै प्रशिक्षक गुरुङले नेपालमा म्याटको प्रशिक्षण र यहाँ पार्केटिङमा खेल्दा केही असहज महसुस गरेको र दुई दिनको प्रशिक्षणले केही राहत मिलेको बताए । कप्तान विजय गुरुङले प्रतियोगिता खेलाइने मैदानमा खुट्टा चिप्किने समस्याले खेल्ने गाह्रो हुने सक्ने रहेपनि संयमित भएर शतप्रतिशत खेल्ने बताएका छन् ।
यता, ताजिकिस्तानका प्रशिक्षक डेजान डेडोभिकले एक महिना देखीको प्रशिक्षणले टिम राम्रो बनेको बताएका छन् । दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्य लिएको बताउँदै युएई र बहराईनसँगको मैत्रिपूर्ण खेलले टोली झनै बलियो बनेको उनले बताएका छन् ।
नेपालले दोस्रो खेलमा बिहीबार उज्वेकिस्तान र समूहको अन्तिम खेलमा अफगानिस्तानसँग शुक्रबार खेल्नेछ ।
राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्केमिनिस्तानले सोझै फाइनल चरण खेल्नेछ । एएफसी फुटसल च्याम्पियनसिप २०२० तुर्केमिनिस्तानमा आयोजना हुदैछ ।
फुटसल टोली
१.आदिल हामिद, २.आषिश लामा, ३.अभय राना, ४.अनिश श्रेष्ठ, ५.अरुज सिंह, ६.विजय गुरुङ, ७.विजय श्रेष्ठ, ८.बिनोद गुरुङ, ९.मणि लामा, १०.निर्मल गुरुङ, ११.सन्जोक चाम्लिङ राई, १२.सरोज तामाङ, १३. सुमित आले, १४.सुरज गुरुङ
मुख्य प्रशिक्षक – विष्णु गुरुङ
प्रशिक्षक – गौरव बस्नेत
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]