6 years ago
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनमा पहिलोपटक संचालन भएको योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जमा दिपेश धामी र बिष्णु कटुवालले बुधबार विजयी सुरुवात गरेका छन् ।

दिपेशले भारतका दीपक शर्मामाथि २१–१० र २१–१६ को जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । यस्तै बिष्णुले भुटानका निदुप दोर्जीलाई २१–९ र २१–४ को सहज जित निकाले । तर, अपेक्षा विपरित नेपाल नम्वर एक खेलाडी रत्नजित तामाङ र युवा सनसनी प्रिन्स दाहाल पराजित भएका छन् । तामाङ थाइल्याण्डका अदुईराच नामकुलसाग २१–९ र २१–४ को सोझो सेटमा पराजित भए । नविन श्रेष्ठले भने प्रतिद्वन्द्धीबाट वाकओभर प्राप्त गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।
बिकास श्रेष्ठ र प्रफुल महर्जनले पनि आफुलाई खरो उतार्न सकेनन् । बिकास इंग्ल्याण्डका खेलाडी वाङ युह्वाङसंग २१–१३ र २१–१४ ले तथा प्रफुल भारतका सिद्धार्थ ठाकुरसँग २१–१४ र २१–१० को सोझो सेटमा पराजित भए । अर्का खेलाडी साजन कृष्ण ताम्राकारले भारतीय खेलाडीलाई वाकओभर दिए ।
नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले पनि नेपालीहरुको विश्वास कायम राख्न असफल भए । दुवई अन्तराष्ट्रिय सेरिज र हालै माल्दिभ्समा सम्पन्न जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्न सफल दाहाल च्यालेञ्जमा दोश्रो बरियता प्राप्त रसियाका सर्जी सिरान्तसँग २१– १७ र २१–१२ को सेटमा पराजित भए । यस्तै अन्यसुनिल जोशी र जीवन आचार्य पनि पराजित भए ।
महिलातर्फ पनि नेपाली खेलाडीहरुको प्रदर्शन निराशाजनक नै रह्यो । नजिकै आईरहेको १३ औं दक्षिण एशियाली खेलकुदका लागि तयारीमा रहेको खेलाडीहरुले बिदेशी खेलाडीका सामु टिक्न सकेनन् । महिला युगलतर्फ अमिता गिरी र अनुमाया राईको जोडी भारतका कुहु गर्ग र अनुष्का पारिखसँग २१–१७ र २१–८ ले, पुजा श्रेष्ठ र जेशिका गुरुङ्ग बंगलादेशका अक्तर सप्ला र अलिना सुल्तानसँग २१–९ र २१–१४ ले, निता लम्साल र सिमा राजबंशीको जोडी भारतका मनिषा र रुतापर्ना पन्डासँग २१–१४ र २१–१४ को समान अन्तरले तथा रशिला महर्जन र सिता राईको जोडी भारतकै अपर्ना बलान र त्रिशा जोलीसँग २१–१० र २१–१० को समान अन्तरले पराजित भए ।
२५ हजार डलर पुरस्कार राशी रहेको च्यालेञ्जमा पुरुष तथा महिला एकल र युगल तथा मिश्रीत युगल गरि कुल ५ विधामा नेपाल लगायय २१ राष्ट्रका १४९ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशिया ब्याडमिन्टन महासंघको तत्वावधानमा संचालित योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्माले उद्घाटन गरे
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]