default_image

6 years ago

November 29, 2019

साग ब्याडमिन्टन टोलीलाई खेल सामग्री

181 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको नेपाली राष्ट्रिय ब्याडमिन्टन टोलीलाई खेल सामग्री सहयोग भएको छ । खेलकुद महासंघ नेपाल अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले सागमा सहभागी २० खेलाडी, ६ प्रशिक्षक र २ व्यवस्थापक गरी २८ जनालाई खेल सामग्री प्रदान गरेको हो ।

खेल सामग्री खेलकुद महासंघ नेपालका अध्यक्ष तथा पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले अध्यक्ष मुख्य प्रशिक्षक सुदिप योन्जनलाई हस्तान्तरण गरेरको प्रशिक्षक योन्जनले बताए ।

साग अन्तरगत ब्याडमिन्टनका खेलहरु पोखरामा १ देखि ६ डिसेम्वरमा आयोजना हुदैछ ।

नेपाली खेलाडी

पुरुष – रत्नजित तामाङ, दिपेश धामी, बिकास श्रेष्ठ, प्रिन्स दाहाल, नविन श्रेष्ठ, प्रफुल महर्जन, सुनिल जोशी, बिष्णु कटुवाल, जीवन आचार्य र साजन कृष्ण ताम्राकार

महिला – नङ्शलदेवी तामाङ, रशिला महर्जन, जेशिका गुरुङ, सीमा राजबंशी, पुजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, सीतामाया राई, निता लम्साल र शोभा गौचन

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.