6 years ago
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा फाइनलमा प्रवेश गरेका छन् ।

ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शनिबार भएको सेमिफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी फर्जना अख्तर र सुमाया अख्तर मिम तुलीको जोडीलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
एक पक्षीय खेलमा रशिला र जेसिकाको जोडीले फर्जना अख्तर र सुमाया अख्तर मिम तुलीको जोडीलाई २१–९ र २१–११ को सोझो सेटमा पाखा लगायो ।
त्यसअघि यि जोडीले सादी अख्तर र लिका पोद्धेरको जोडीमाथि सहज जित निकाल्दै अन्तिम चारमा यात्रा तय गर्न सफल भएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]