6 years ago
December 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा रजत पदक जितेकी छिन् ।

ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा आइतबार भएको फाइनलमा मलेसिययन जोडीसँग पराजित भएपछि रशिला र जेसिकाको जोडीले रजत पदकमा चित्त बुझाएको हो ।
रशिला र जेसिकाको जोडी मलेसियाकी चिङ सु हुई र चिङ सु यिनको जोडीसँग २१–८ र २१–७ को सोझो सेटमा पराजित हुदै रजतपदक जित्न सफल भएको इन्टरनेसनल ब्याडिमिन्टन अम्पायर उदय अर्यालले हाम्रो खेलकुदलाई जानकारी गराए ।
यसअघि यि दुई जोडीले सेमिफाइनलमा घरेलु टोली बंगलादेशकी फर्जना अख्तर र सुमाया अख्तर मिम तुलीको जोडीलाई पराजित गर्दै उपाधि नजिक पुग्न सफल भएकी थिइन् ।
यि जोडीले क्वाटरफाइनलमा पनि बंगलदेशकै जोडीलाई पराजित गर्दै अघिल्लो चरणमा पुग्न सफल भएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]