6 years ago
January 18, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कुमारी फुटसल र लाकुर फुटसलले तेस्रो संस्करणको महिला प्रिमियर लिग (एमपिएल) फुटसलमा दोहोरो जित निकालेको छ ।

ग्रासरुट रिक्रिएसन सेन्टर, मन्डिखाटारमा शनिबार सुरु भएको महिला प्रिमियर लिग (एमपिएल) फुटसलमा कुमारी र लाकुरले दोहोरो जित निकाल्दा ढुकु फुटसल, फुटसल एरिना, एबीसी र एमयुएफसी नेपाल गल्र्सले समान १–१ जित निकालेका छन् । दि माइथी महिलाज् र बार्सा नेपाल जितबिहीन छ । लिगको पहिलो साता हरेक टिमले समान २–२ खेल खेलेको थियो ।
दोहोरो जितसँगै कुमारी ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । लाकुरको पनि समान ६ अंक रहेपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । ढुकु, फुटसल एरिना, एबीसी र एमयुएफसी नेपाल गल्र्स समान ४ अंकसहित तेस्रोदेखि छैटौ स्थानमा छ । ढुकु फुटसल, फुटसल एरिना, जितिविहीन एबीसी र एमयुएफसी नेपाल गल्र्स समान २ अंक जोडेर सातौ र आठौं स्थानमा छ ।

कुमारीकी पुजा रानामगर १२ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा अग्रस्थानमा छिन् । कुमारीकै मन्जु दोङ र अनु लामा समान ८ गोलसहित दोस्रो स्थानमा छिन् । दि वि युनाइटेडको आयोजनामा भएको प्रतियोगिताको ६ साता (फागुन १० गते) सम्म चल्नेछ । लिगका खेलहरु खेल हरेक साताको शनिबार हुनेछ ।
लिगमा एबिसी फुटसल, ढुकु फुटसल, बार्सा नेपाल, एमयुएफसी फुटसल, कुमारी फुटसल, लाकुर फुटसल, फुटसल एरेना र दि माइथी महिलाज्ले प्रतिस्पर्धा गर्नेछन् । ८ टोलीले एक अर्कासँग खेल्नेछ । बढी अंक जोड्ने टोली लिग च्याम्पियन बन्नेछ । विजेतालाई नगद पुरस्कार नभई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । लिगलाई युरोपियन युनियनले मुख्य प्रायोजन गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]