6 years ago
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – करातेका पुर्व राष्ट्रिय खेलाडी पर्शुराम बास्तोलाले क्यानडामा सम्पन्न च्यालेन्ज रिभ–नोर्ड कराते च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् ।

वल्ड कराते कमिसन क्यानडाको आयोजनामा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर मेल काता क्लासिक र सिनियर मेल काता ट्रयाडिसनलमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।
पर्शुरामले सिनियर मेल काता क्लासिकमा पहिलो बाउटमा २८.२ अंक र दोस्रो बाउटमा २८.४ अंक जोडेका थिए । यस्तै सिनियर मेल काता ट्रयाडिसनलको फाइनलमा २९.२ अंक र २७.८ अंक जोड्दै स्वर्ण जित्न सफल भए ।
दोहोरो स्वर्ण जितेसँगै पर्शुराम च्याम्पियन अफ दि च्याम्पियन समेत भए । यससँगै उनले ४ सय क्यानेडियन डलर हात पारे । पर्शुराम पछिल्लो समय क्यानडामै रहेका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]