6 years ago
February 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले प्रथम आइविएस खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । महाराजगन्जस्थित भाटभटेनीमा रहेको स्काइ गोल्स फुटसलमा शनिबार राति भएको खेलमा ढुकुले आइविएस ‘ए’ लाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै ढुकुले १ लाख ५० हजार रुपैया हात पार्यो । दोस्रो भएको आइविएसले ७५ हजार रुपैयामा चित्त बुझायो । तेस्रो भएको शंखमुलले २५ हजार तथा चौथो भएको इलाइटले १५ हजार रुपैया हात पार्यो ।
आइविएसका श्रीकृष्ण श्रेष्ठ प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडी घोषित भए । उनले १५ हजार रुपैया हात पारे । आइविएसकै सन्जीव तामाङ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चुनिए । उनले पनि १५ हजार रुपैया हात पारे ।

लिग कम नकआउटको आधारमा दुई शनिबार भएको प्रतियोगितामा १६ टोलीले प्रतिपर्धा गरेका थिए । प्रतियोगितालाई ग्लोबल आइएमई बैंक, पेपे पिज्जा घान्द्रुक र न्य ब्यालेन्स ३६१ ले प्रायोजन गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]