6 years ago
February 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले तेस्रो संस्करणको महिला प्रिमियर लिग (एमपिएल) फुटसलको उपाधि जितेको छ । ६ साता चलेको लिगबाट १९ अंक जोड्दै ढुकु महला प्रिमियर लिगको च्याम्पियन बन्न सफल भएको हो ।

ढुकुले ७ खेलबाट १९ अंक जोड्यो । समान १९ अंक नै रहेपनि कुमारी फुटसल दोस्रो स्थानमा रह्यो । १७ अंकसहित फुटसल एरिनाले तेस्रो तथा लाखुर १७ अंक नै जोडेर चौथो स्थानमा रह्यो । एबीसी फुटसलले १३ , दि माइथी महिलाजले ११ , एमयुएफसी फुटसलले ९ तथा बार्सा नेपालले ७ अंक जोडेर क्रमशः पाँचौ, छैटौ, सातौ र आठौ स्स्थाथानमा रह्यो ।
एक्सेल रिक्रिएसन सेन्टरम शनिबार भएको लिगको अन्तिम राउन्डमा ढुकुले एबीसी फुटसललाई १०-२ को भारी गोलअन्तरले पराजित गर्यो । यस्तै कुमारीले फुटसल एरिनालाई ८-७ ले पाखा लगायो । दि माइथी महिलाजले एमयुएफसी फुटसललाई ४-० ले तथा लाखुरले बार्सा नेपाललाई १-० ले पराजित गर्यो ।
ढुकुकी मनिषा थापामगर र कुमारीकी पूजा रानामगर २१ गोलसहित सर्बाधिक गोलकर्ता बनिन् ।
दि वि युनाइटेडको आयोजनामा गत ४ माघबाट १० फागुनसम्म भएको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । हरेक ८ टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेको थियो । लिगमा एबिसी फुटसल, ढुकु फुटसल, बार्सा नेपाल, एमयुएफसी फुटसल, कुमारी फुटसल, लाकुर फुटसल, फुटसल एरेना र दि माइथी महिलाजले प्रतिस्पर्धा गरेका थिए ।
लिगका खेलहरु खेल हरेक साताको शनिबार ग्रासरुट रिक्रिएसन सेन्टर, मन्डिखाटार र बालुवाटारको एक्ससेल फुटसलमा सञ्चालन भएको थियो । विजेतालाई नगद पुरस्कार नभई आकर्षक पुरस्कार प्रदान गरिएको आयोजक तथा प्रतियोगिता संयोजक सिलिका शाक्यले जानकारी गराइन् । लिगलाई युरोपियन युनियनले मुख्य प्रायोजन गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]