6 years ago
February 28, 2020
दमक (हाम्रो खेलकुद) – झापाको दमकमा दुई दिवसीय यु–१६ दमक सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

दमक क्रिकेट क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २९ गतेदेखि आयोजना हुने जानकारी गराएको हो । १५ दिनसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ ।

सहभागि टोलीहरुलाई दुई समुहमा बिभाजन गरिएको छ । राउण्ड रोबिन लिगपछि पहिलो स्थान हासिल गर्ने दुई टोली सिधै फाइनलमा प्रवेश गर्नेछन् ।
सहभागि टोलीहरुमा पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर, सुन्सरी जिल्ला क्रिकेट संघ, बिराटनगर क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एकेडेमी, ओसिस क्रिकेट एकेडेमी रहेका छन् । अर्को टोलीको सहभागित हुन निश्चि हुन बाँकी रहेको क्लबले जनाएको छ ।
प्रतियोगिता सफलतापुर्वक आयोजना गर्नका लागि हामी दमक नगरपालिकासँग समन्वय गरिरहेको दमक क्रिकेट क्लबका अध्यक्ष अबिस खनालले बताए ।
प्रतियोगिता संयोजक रोशन धितालले पुर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले प्रतियोगिता प्रबद्र्धनका लागि सद्भावना दुत रहने जानकारी दिए । प्रतियोगितालाई सफ्टवेर डेभ्लोभमेन्ट कम्पनी सन्बीले मुख्य प्रायोजन गरेको छ । पोखरा प्रिमियर लिग टोली बुटवल ब्लास्टर्सले पनि प्रतियोगिताको प्रबद्र्धन गर्नेछ ।
आयोजक पेट्रियोटिकका सचिव दिपेश रिमालले खेल अवधि भर १५ दिन आउने प्रत्येक दर्शकको उपस्थितिमा एक रुपैया धुर्मुस सुन्तलीको परियोजना गौतब बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रँगशालाको लागि सहयोग गर्ने बताए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]