default_image

6 years ago

February 29, 2020

माल्दिभ्समा पोखरा युथलाई भलिबल उपाधि

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा युथ क्लबले माल्दिभ्सको मालेमा भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा पोखराले फुलबारी युथ क्ललाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

 

पोखरा युथले पछिल्लो दुई महिनामा दोस्रो उपाधि जित्न सफल भएको हो । पोखराले यसअघि माघे सक्रान्तिको अवसरमा आयोजना भएको भलिबल प्रतियोगिताको उपाधि हात पारेको थियो ।

महाशिवरात्रीको अवसर पारेर आयोजना भएको प्रतियोगिताको फाइनलमा पोखराले पहिलो सेट १२–२५ ले गुमाएपनि त्यसपछिको दुवै सेटमा पोखरा २५–१७ र १५–१३ ले विजयी हुन सफल भएको माल्दिभ्सबाट बिकास गुरुङले जानकारी गराए । प्राविधिक कारण फाइनल खेल ३ सेटमा खेलाइएको पनि उनले थपे ।

माल्दिभ्सको मालेमा पर्वत युथ क्लबले आयोजना गरेको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । ६ टोलीले डबल लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए । बढी अंक जोड्ने दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.