9 years ago
July 21, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७२ मा फुटबलले ९ मध्ये ६ वटा अवार्ड जितेको छ ।
राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ बर्षका उत्कृष्ट खेलाडी पुरुष घोषणा हुँदा फुटबलकै अञ्जन विष्ट युवा खेलाडी, बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक र फुटबलकै श्रीराम रञ्जिकार लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । गत बर्ष बंगबन्धु गोल्डकप र १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल टोली बर्षको उत्कृष्ट टोली घोषित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई मराणोप्रान्त स्पेशल अवार्ड सम्मान प्रधान गरिएको छ ।

१२ औं सागकी स्वर्ण पदक विजेता फूपुल्हामु खत्री बर्षकी उत्कृष्ट महिला खेलाडी चुनिइन् भने पिपल्स च्वाइस अवार्ड टेबल टेनिसकी नविता श्रेष्ठले जितिन् । सीता भण्डारीले पारा एथलेटि अवार्ड प्राप्त गरिन् ।
मञ्चले गत बर्ष भूकम्पमा परि मृत्यु भएका मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष सुमन भोम्जनलाई सम्पर्ण गर्दै अवार्ड आयोजना गरेको थियो । सुमनकी माता विमला भोम्जनको उपस्थिति रहेको कार्यक्रममा नेपाली फुटबल विकासमा विशेष पहिचान बनाउन सफल स्व.ललितकृष्ण श्रेष्ठलाई स्पेशल अवार्ड प्रदान गरिएको थियो । श्रेष्ठकी पत्नी निलु र छोराले अवार्ड ग्रहण गरेका थिए ।
१ लाख ५० हजार भन्दा बढी भोट प्राप्त गर्दै नविता पिपल्स च्वाइस अवार्ड जित्न सफल भइन् । उनले भलिबलकी प्रतिभा मालीलाई हराएकी थिइन् । नेपालले फुटबलमा प्राप्त गरेका दुवै उपाधिका जित्दा नवयुगको भूमिका महत्वपूर्ण भूमिका थियो । ती दुवै उपाधि र त्यसअघि यु १९ साफ च्याम्यिनसिप जिताउन महत्वपूर्ण योगदान गरेकाले अञ्जन युवा खेलाडीबाट सम्मानित भए । यु १९ साफ च्याम्पियनसिप र बंगबन्धु गोल्डकप जिताएका कारण महर्जनलाई उत्कृष्ट प्रशिक्षकको हकदार बनायो । फुपुले गत बर्ष १२ औं सागमा स्वर्णसहित एक बर्षमा पाँच वटा पदक जितेकी थिइन् ।

पहिलोपटक २०५३ सालमा आयोजना गरिएको अवार्ड २०६० सालदेखि निरन्तर हुदै आएको छ । तर गत बर्ष महाभुकम्प र नाकाबन्दीका कारण मञ्ले २०७१ सालको संस्करण आयोजना गरे ।
बर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक र पिपुल्स च्वाइस विधामा ५—५ जनाको मनोनयन सार्वजनिक गरिएको थियो र त्यसबाट एक जनालाई कार्यक्रममा विजेता घोषणा गरिएको हो । पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड भने सामारोहकै दिन बिहीबार प्रदान गरियो ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डका बर्षका उत्कृष्ट पुरुष, महिला र पिपल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल प्राप्त गरे । बर्षका उत्कृष्ट युवा खेलाडी, प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्डको विजेतालाई ५०–५० हजार रुपैयाँ दिइयो । अवार्ड विजेताहरुले डिस होमको सेटअप बक्स र १ बर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गरे । मनोनयनमा परेका सबै खेलाडी÷प्रशिक्षकले टाइमेक्स घडी र आरजे स्पोट्र्सको उपहार प्राप्त गरेको मञ्चले जनाएको छ ।

अवार्डलाई हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको थियो भनेरुस्लान फुटबल, डिस होम, सूर्य नेपाल, आइएसएमइ, होटल रोयल सिंगी सह प्रयोजक थिए । एभिन्यूज टेलिभिजन, टिएचटी लाइभ ३३१३१, जोन प्लेयर, टाइमेक्स, इमेजिङ, नेपा म्युजिक, अल इन वान आट्र्स सर्भिस, आरजे स्पोट्र्स, होटल क्राउन प्लाजा, न्यू होराइजन कार्पेट, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि सहयोगीका रुपमा रहेका थिए ।
पल्सर स्पोट्र्स अवार्ड २०७२ विजेताहरु
वर्षका उत्कृष्ट पुरुष खेलाडी – नवयुग श्रेष्ठ, फुटबल
बर्षका उत्कृष्ट महिला खेलाडी – फुपू ल्हामु खत्री, जुडो
बर्षका उत्कृष्ट युवा खेलाडी – अन्जन विष्ट, फुटबल
बर्षका उत्कृष्ट प्रशिक्षक – बालगोपाल महर्जन, फुटबल
पिपुल्स च्वाइस अवार्ड – नविता श्रेष्ठ, टेबलटेनिस
बर्षको उत्कृष्ट टिम – राष्ट्रिय फुटबल टिम
बर्षको उत्कृष्ट पारा एथलिट– सीता भण्डारी, पारा तेक्वान्दो
स्पेसल अवार्ड – स्वर्र्गीय ललितकृष्ण श्रेष्ठ, फुटबल
लाइफटाइम एचिभमेन्ट अवार्ड –श्रीराम रन्जितकार, फुटबल
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]