6 years ago
March 2, 2020
सिन्धुली (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी प्रथम सिन्धुली गढी राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको च्याम्पियन बनेका छन् ।

सिन्धुली माडीमा आइतबार भएको फाइनलमा दिपेशले नेपाल पुलिस क्लबका विष्णु कटुवालमाथि २–० को सोझो सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । एकपक्षीय खेलमा दिपेशले विष्णुमाथि २१–१७ र २१–६ को सहज जित निकाल्न सफल भयो ।
उपाधिसँगै दिपेशले ५० हजार रुपैया र मेडल जितेका छन् । दोस्रो भएको विष्णुले २५ हजार रुपैया पाएका छन् । पुरुष सिंगलतर्फ आर्मीका नविन श्रेष्ठ र बुढासुब्बा ब्याडमिन्टन क्लबका प्रियान्सुसिंह क्षेत्रीले तेस्रो स्थान हासिल गरे ।

भ्रमण वर्ष २०२० र सैनिक दिवसलाई लक्षित गरी तीनदिन अघिदेखि सुरु भएको प्रतियोगिता सिन्धुली जिल्लाको सर्वाधिक धनराशिको प्रतियोगिता हो । विजयी खेलाडीलाई बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंले पुरस्कृत गरे ।
प्रतियोगितामा १६० खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितालई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]