9 years ago
July 24, 2016
काठमाडौं – ब्राजिलको रियो दि जेनेरियोमा अर्को महिना सुरु हुने ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटि इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ । सो कम्पनीको तोम्बुला ब्रान्डको ट्रयाकसुट र ब्याग नेपाली टिमका प्रत्येक सदस्यलार्ई उपहार प्रदान गरेको हो ।

नेपालमा तोम्बुला ब्रान्ड ल्याउने तयारीमा रहेको कम्पनीका सिइओ स्टेवार्ड चेओङले बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले टिएनटी इन्टरनेसनल कम्पनीले प्रदान गरेको उपहार खेलाडीहरुलाई प्रदान गरेका थिए । श्रेष्ठले आगामी दिनमा अन्य खेलहरुमा सहभागीता जनाउदा पार्टनरका रुपमा तोम्बुला ब्रान्डसँग सहकार्य गर्न सकिने बताए । टिएनटी इन्टरनेसनलका सिइओ स्टेवार्डले आफू पनि तेक्वान्दो खेलाडी भएको नाताले खेल र खेलाडीका लागि सधै सहयोग गर्ने बताए । उनले नेपाल ब्याडमिन्टन संघसँग समेत सहकार्य गरेको बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, एनओसीकी उपाध्यक्ष ज्योती राणा, एनओसी सदस्य निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । त्यसैगरि टिएनटीबाट लि गुओ जिइ र रेवत रानाको उपस्थिति रहेको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]