6 years ago
March 10, 2020
पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पोखरा रंगशालामा भएको चौथो क्वाटरफाइनलमा संकटा क्लबलाई ३-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा खेलको १६औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले डिफेन्डर अमित तामाङलाई छलाउँदै दिएको पासमा सुदिलले वान टचमा उत्कृष्ट फिनिस गर्दा संकटाका गोलरक्षक राजाबाबु थापाको बचाउने प्रयास सफल हुन सकेन ।
त्यसअघि १५औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिक दोस्रो बारबाट थोरै बाहिरिदा संकटा अग्रता लिनबाट चुकेको थियो । ३०औं मिनेटमा सेसेहाङ आङदेम्वेको पासमा अनमार्क रहेका नवयुग श्रेष्ठले अवसर पाएपनि उनको प्रहार आकासिदा आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

४१औं मिनेटमा ड्याडी जुनियर वाम्वाको पेनाल्टी बक्स बाहिरको प्रहार आकासिदा संकटा बराबरीबाट चुक्यो । पहिलो हाफमा १-० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा पनि सोहि लयलाई निरन्तरता दिँदै दुई गोल थप्यो ।
५९औं मिनेटमा जर्जप्रिन्स कार्कीको क्रसलाई रोमन लिम्बुले ब्लक गरिदिए लगत्तै ड्याडीको क्रसलाई दीपक गुरुङले पेनाल्टी बक्सबाट हेडमार्फत क्लियर गर्न सफल भए । ६०औं मिनेटमा मेसुउके इटिग्नेको प्रहरलाई आर्मीका गोलरक्षक विवश चौधरीले सहजै नियन्त्रणमा लिए ।
६२औं मिनेटमा नवयुगको पासमा सन्तोष तामाङको पेनाल्टी बक्स बाहिरको प्रहार आकासिदा आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो। ६५औं मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहार पोस्टबाट बाहिरियो ।

७०औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । विवेक बस्नेतको कर्नरमा भरत खवासको हेडरलाई गोलरक्षक राजाबाबुले बचाएपनि डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई नवयुगले जाली चुमाएका थिए ।
७३औं मिनेटमा सन्तोष तामाङको सशक्त प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट पञ्च गर्दै बचाए । ७५औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई खेलमा ३-० ले अघि बढाए ।
यस जितसँगै अब आर्मीले फाइनलमा पुग्न मनाङ मर्स्याङ्दीसँग बिहीबार हुने दोस्रो सेमिफाइनलमा खेल्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब खेल्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]