6 years ago
March 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एकै विषयमा दास्रो पटक निर्णय लिएको छ । विश्व भर कोरोना भाइरस (कोभिड १९) का कारण परेको असरलाई मध्यनजगर गर्दै राखेपले सबै गतिविधि रोक्न मंगलबार निर्णय गरेको छ । गत महिना राखेपकै प्रशासन प्रमुख कुलबहादुर थापाले खेलकुद गतिविधि राख्न सुचना जारी गरेका थिए ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काल एक साताका लागि खेलकुदका सबै गतिविधि रोक्ने निर्णय गरेको राखेपद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विश्वका ठूलो राज्यले पनि कोरानाका विषयमा सचेतना अपनाईरहेको अवस्थालाई मध्यनजर गर्दै राखेपले जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएकाले यस्तो निर्णय लिएको बताएको छ ।
‘खेलकुद संग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानविय भेला हुने सम्पूर्ण गतिबिधी तत्काललाई एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ,’ विज्ञप्तीमा भनिएको छ । साथै राखेपले खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेल संग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन राखेपले आव्हान गरेको छ ।

यसअघि फागुन २२ गते राखेपका प्रशासन प्रमुख थापाले सम्पूर्ण खेल गतिविधि स्थगित गर्न सुचना जारी गरेका थिए ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा फागुन २२ गते बसेको आपतकालिन बैठकले विश्वमा फैलदै गएको कोरोना भाईरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता र खेलकुदसँग सम्बन्धित सबै कार्यक्रम अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गर्न विज्ञप्तिमार्फत सुचना जारी गरेको थियो ।
राखेप अध्यक्ष समेत रहेका मन्त्रीको अध्यक्षतामा बैठक बसेर निर्णय गरेपनि सदस्य सचिव सिलवालले फेरि अर्को वैठक राखेर निर्णय गराएका छन् । खेलकुदको अधिकांश गतिविधि स्थागित भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने बी डिभिजन लिग सञ्चालन गरिरहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]