6 years ago
March 19, 2020
एजेन्सी – असिस्ट किङको उपमा पाएको इटाली तथा युभेन्टसका लेजेन्ड आन्द्रे पिर्लाेले आधुनिक फुटबलका हस्तीमध्येको एक पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् ।

एक अन्तर्वार्ताका क्रममा पिर्लाेले रोनाल्डो गोल गर्ने मामलामा आधुनिक फुटबलकै सबैभन्दा पुर्ण खेलाडी रहेको भन्दै तारिफ गरेका हुन् । ‘आधुनिक फुटबलमा रोनाल्डो गोल गर्ने मामिलामा पुर्ण खेलाडी हुन् । रोनाल्डोमा कठिन अवस्थामा पनि गोल गर्ने क्षमता छ । उनी जसरी पनि गोल निकाल्न माहिर छन् ,’ अन्तर्वार्ताका क्रममा पिर्लाेले भने, ‘दुवै खुट्टा, हेडिङ, पेनाल्टी, फ्रिकिक, लङ रेन्ज, ब्याक हिल र ओभरहेड किक जुनसुकै पोजिसनमा पनि उनीमा गोल गर्ने क्षमता छ । उनीजस्ता कोही छैनन् ।’
यस्तै पिर्लाेले यदि आफुले रोनाल्डोको सहकर्मी भएर खेल्न पाएको भए म सर्वाधिक असिस्ट गर्ने खेलाडी बन्ने बताएका छन् । ‘रोनाल्डो र म सँगसँगै खेल्ने मौका पाएको भए । म सर्वाधिक असिस्ट गर्ने खेलाडी बन्थे होला । तर, त्यसो हुन सकेन,’ पिर्लाेले भनेका छन् । पिर्लाेले सन् २०१५ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका छन् । सन्न्यासपछि उनले दुई वर्ष अमेरिकी मेजर लिग सकरमा खेलेका थिए ।

ब्रेसियाबाट व्यवसायिक खेल करियर शुरु गरेका पिर्लाेले सबैभन्दा लामो समय एसी मिलानमा बिताएका थिए । १९९८ मा इन्टर मिलान पुगेका पिर्लाे २००१ मा एसी मिलान पुगेका थिए । मिलानमा पिर्लाे २०११ सम्म रहे । मिलानमा पिर्लाेले २८४ खेलमा ३२ गोल गरेका थिए । त्यसपछि उनी युभेन्टसमा पुगेका थिए । युभेन्टसमा ५ वर्ष बिताउने क्रममा पिर्लाेले ११९ खेलमा १६ गोल गरेका थिए । उनले इटालीबाट ११६ खेलमा १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
पिर्लाेले मिलानबाट समान दुई–दुई सिरी ‘ए’ र च्याम्पियन्स लिग, कोपा इटालिया, सुपर कोपा इटालिया, युइएफए सुपर कप र फिफा क्लब विश्वकप समान एक–एक पटक जितेका छन् । युभेन्टसबाट ४ सिरी ‘ए’ उपाधि र एक–एक पटक कोपा इटालिया र सुपर कोपा इटालियाको उपाधि जितेका छन् । इटालीले २००६ मा फिफा विश्वकप जित्दा पिर्लाे टोलीका मुख्य खेलाडी थिए ।

यता, स्पेनिस क्लब रियल म्याड्रिडका लेजेन्ड तथा सर्वाधिक गोलकर्ता ३६ वर्षे रोनाल्डोले अहिले पिर्लाेकै पुर्व क्लब युभेन्टसबाट खेलिरहेका छन् । रोनाल्डोले सिरी ‘ए’ मा लगातार ११ खेलमा गोल गर्दै कीर्तिमान समेत बनाइसकेका छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]